प्रदेश विश्वविद्यालय अध्यादेश बहुमतले स्वीकृत
मेरोन्यूज
२०७८ पुष ८ गते २१:४८
काठमाडौँ । प्रदेश २ को प्रदेशसभा बैठकले प्रदेश सरकारद्वारा ल्याइएको प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ बहुमतले स्वीकृत गरेको छ ।
प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गर्नुभएको कृषि विश्वविद्यालय अध्यादेश, २०७८ लाई बहुमतले स्वीकृत गरेको हो । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीबाहेक अन्य दलका प्रदेशसभा सदस्यले समर्थन जनाएपछि अध्यादेश बहुमतले स्वीकृत भएको उपसभामुख उपमा देवले घोषणा गरे ।
बैठकमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय, २०७८ अस्वीकार गर्न पेश गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि शुक्रबार दिनको १ बजे बस्ने छ ।
सम्बन्धित
















निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया