माल्दिभ्समा चल्यो ‘इण्डिया आउट’ अभियान

काठमाडौं । माल्दिभ्समा भारतविरुद्धको अभियान चलाइएको छ ।
विदेश नीतिको दुई पक्षीय सम्बन्धको विषयलाई लिएर माल्दिभ्समा केही दिनदेखि भारतविरुद्ध अभियान चलाइएको हो ।
माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनले भारत विरोधी अभियानको नेतृत्व गरेका छन् ।
माल्दिभ्समा भारतको उपस्थित समाप्त हुनुपर्ने माग गर्दै आन्दोलन चर्काइएको छ । यो अभियानले संसारकै सबैभन्दा बढी लोकतन्त्रको वकालत गर्ने भारत र नयाँ लोकतन्त्रको अभ्यास गरिरहेको माल्दिभ्सबीच दूरी बढ्ने देखिएको छ ।
माल्दिभ्समा चलाइएको भारतविरोधी अभियानका कारण माल्दिभ्स सरकारसमेत चिन्तित भएको छ ।
भारत सबैभन्दा नजिकको द्विपक्षीय साझेदार भए पनि केही साना समूह र केही नेताहरुले प्रोपोगण्डा फैलाइरहेको माल्दिभ्सको विदेश मन्त्रालयले आरोप लगाएको छ ।
भारतविरोधी अभियानले माल्दिभ्सबाट भारतीय सैन्य अधिकारीहरु र सैन्य उपकरणहरु हटाउनुपर्ने बताएको छ । यो अभियानको शुरुवात सन् २०१८ मा भएको थियो । त्यसपछि माल्दिभ्सका तत्कालिन राष्ट्रपति अब्दुल्ला यामीनले भारतलाई आफ्ना दुई हेलिकप्टर र एउटा डोर्नियर विमान लैजान आग्रह गरेका थिए ।
भारतले यो हेलिकप्टर र डोर्नियर विमान माल्दिभ्समा खोजी तथा उद्धारका लागि राखेको थियो ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया