तपाईको यो साता कस्तो ? हेर्नुहोस् राशीफल

आज २०७८ साल पौष महिनाको १० गते शनिबार । राशिअनुसार तपाईको यो साता कस्तो रहने छ ? प्रस्तुत छ साप्ताहिक राशिफल ।
मेष
यस राशिका व्यक्तिहरुलाई यो साता अनुकुल रहने छ । पेशागत जीवनमा उन्नति प्रगति र महत्वपूर्ण जिम्मेबारी प्राप्त हुने छ । आर्थिक अवस्था बजबुद बन्ने छ । मान सम्मान र कदर प्राप्त हुने छ । परिवारमा भने द्वन्दको अवस्था आउने छ । दाम्पत्य जीवनमा मधुरता कायम रहने र भरथेग हुने छ । यात्रामा केही अवरोधको सामना गर्नु पर्ने छ । बादबिबाद र झैझगडाबाट बच्ने प्रयास गर्नु होला ।
वृष
यस राशिका व्यक्तिहरुलाई यो साता औसत खालको हुने छ । नयाँ नयाँ कामहरु गर्न मन लाग्ने छ । घर घडेरी जोड्ने समय सक्रिय रहेको छ । पेशागत जीवन उन्नति प्रगतिका केही राम्रा अवस्था आउने छ । मित्रतामा मधुरताको कमि देखिन जाने छ । विश्वास गरेका मानिसहरुले धोका दिने चुनौति भएकाले संयमित रहनु होला । दाम्पत्य जीवनमा कठिनाईहरुको अवस्था आउने छ । सवारीसाधन राम्रोसँग चलाउनु होला ।
मिथुन
यस राशिका व्यक्तिहरुलाई यो साता चुनौतिपूर्ण देखिन्छ । हल्काफुल्का कुरा गर्ने सतही प्रकृतिको स्वाभाव हुने भएकाले अरुले हल्का रुपमा लिने छन् । खर्च धेरै हुन जाने छ भने स्वास्थ्यसँग सम्बन्धी समस्याहरुले सताउने छ । आफन्तहरुसँग झैझगडा र अविश्वासको वातावरण कायम हुने छ । बोलीको प्रभाव न्युन हुने छ । प्रेममा धोकापूर्ण अवस्थाबाट गुज्रनु पर्ने छ ।
कर्कट
यस राशिका व्यक्तिहरुलाई यो साता औसत प्रकृतिको रहने छ । प्रेममा सफलता मिल्ने छ । आर्थिक चक्र सन्तुलनतर्फ जाने छ । पेशागत जीवन मध्यम खालको हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा आउने सवलताले अघि बढ्न निकै मद्धत मिल्ने छ । विदेश यात्राबाट लाभ मिल्ने छ । घरमा नयाँ सदस्यको आगमन हुने देखिन्छ । मनमा उदासिनताले पटक्कै छोड्ने छैन् । झैझगडाको अवस्था आउने छ ।
सिंह
यस राशिका व्यक्तिहरुलाई यो साता प्रतिकुलताबाट गुज्रने छ । आर्थिक व्यवस्थापन मिलाउन निकै कठिन पर्ने छ । जसका कारण समाजमा रहेको प्रतिष्ठामा गिरावट आउने छ । ऋण लाग्ने तथा अपमान सहनु पर्ने छ । पेशागत जीवनमा कठिनाईको क्षणहरु देखा पर्ने छन् । परिवारमा पनि आलोचना गर्नेहरु देखिने छन् । राजनीतिमा रहेकाहरु पराजित हुनु पर्ने अवस्था आउने छ । स्वास्थ्यमा समस्या देखिन्छ ।
कन्या
यस राशिका व्यक्तिहरुलाई यो साता कठिनाईबाट गुज्रनु पर्ने छ । खर्चको मात्रा धेरै हुँदा ऋण लिनु पर्नेअवस्थाबाट गुज्रनु पर्ने छ । मानसिक दबाब उत्पन्न हुँदा अन्योलता देखा पर्ने छ । परिवारको साथ कायम रहँदा ठुलो राहत मिल्ने छ । नातेदारहरुको पनि साथ रहने छ । धेरै जोखिमले भरिएका कामहरु भन्दा निरन्तरताका कार्यहरु गर्नु उपयुक्त हुने छ । बादबिबादबाट जोगिनु होला ।
तुला
यस राशिका व्यक्तिहरुलाई यो साता सकारात्मक सिँढि तर्फ जाने छ । रङ्ग रमाईलोका क्रमहरु निरन्तर रहने छ । चिसोजन्य समस्याले भने सताउने छ । यात्रामा जाने समय सक्रिय रहेको छ । सवारीसाधनबाट सन्तुष्टि मिल्ने छ । सन्तानका गतिबिधिले उत्साह ल्याउनेछ । दाम्पत्य जीवनमा सन्तुलन कायम हुँदा उत्साह आउने छ । मनमा कताकता पश्चापका क्रमहरु भने देखा पर्ने छ । यौन कमजोरी रहने हुँदा संयमित रहनु होला ।
वृश्चिक
यस राशिका व्यक्तिहरुलाई यो साता सकारात्मकता तर्फ लम्कने छ । प्रेममा सफलता प्राप्त हुने छ । धन आर्जन हुने कार्यहरु गर्न पाइने छ । रङ्ग रमाईलोमा खर्च धेरै हुने छ । यात्रामा जाने विशेष गरी विदेश यात्रा हुने छ । समाजबाट कदर र सम्मान प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा भने धेरै प्रगति हुने छैन् । नयाँ नयाँ काममा लम्कन मन लाग्ने र सफलता पनि प्राप्त हुने छ । दाम्पत्य जीवनमा भने चर्काचर्कि हुने चुनौति देखिन्छ ।
धनु
यस राशिका व्यक्तिहरुलाई यो सातामा सामान्य खालको रहने छ । चलिरहेका कार्यहरु सामान्य शैलीमा चलि रहने छन् । कुनै नयाँ नौलो उल्लेख्य परिस्थिति नभए पनि नयाँ मानिसहरुसँग भेटघाटका क्रमहरु बढ्ने छ । आर्थिक अवस्थामा केही सहजता आउने छ, बचत बढ्न जाने छ । गडेको पैसा उठ्ने छ । परिवारको विश्वास र भरोषा तपाईप्रति कायम रहने छ । सपना भने नराम्रो प्रकृतिका देखा पर्दा मानसिक दबाब कायम हुने छ ।
मकर
यस राशिका व्यक्तिहरुलाई यो साता सामान्यतया सकारात्मक रहने छ । आफुले खेलेको भुमिकाको कदर हुने छ । सवारीसाधनले भने दुःख दिने छ, सवारीसाधनजन्य खर्च बढ्न पुग्ने छ । पेशागत जीवन मध्यम खालको रहने छ । स्वास्थ्यमा सुधार आउने र मनोबल उच्च हुने छ । मानिसहरुमाथि गरेको विश्वासका कारण आफ्नो भुमिका बढ्न जाने छ । बौद्धिक अवस्था भने सुस्त गतिको रहने छ । नतिजामुखी स्वाभाव बन्न पुग्ने छ ।
कुम्भ
यस राशिका व्यक्तिहरुलाई यो साता सुधार हुने छ । मनमा दृढताका क्रम देखिने छ भने जीवनप्रति सन्तोष पनि मिल्ने छ । शारीरिक स्वास्थ्यमा सुधार आउने छ । मनोबल उच्च हुँदै जाने छ । पेशागत जीवनमा नयाँ नयाँ सम्भावनाका ढोका खुल्दा उत्साह देखिने छ । मित्रहरुको विश्वास कायम हुने र बढोत्तरी हुने छ । आर्थिक अवस्था औसत खालको रहने छ । परिवारमा स्वास्थ्यको अवस्थामा भने असन्तुलन आउँदा असजिलोको चुनौति थपिने छ ।
मीन
यस राशिका व्यक्तिहरुलाई यो साता केही सकारात्कतातर्फ जाने छ । पेशागत जीवनमा धेरै विश्वास आर्जन गर्न सकिने छ । आर्थिक आर्जन बढ्ने छ भने खर्चको मात्रा पनि बढ्न जाने छ । सौखिन खालको व्यक्तित्वका कारण मनोरञ्जनात्मक क्षेत्रमा हुने खर्च ह्वात्तै बढ्ने छ । झैझगडाको अवस्थाबाट बच्न हरदम प्रयास गर्नुहोला । अलि कडा खालको व्यक्तित्व हुने हुँदा अरुसँग सजिलै घुलमिल हुन कठिनाई महशुस हुने छ । विदेश यात्रामा कठिनाई झेल्नु पर्ने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)















काठमाडौँमा दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
नयाँ FZ FI New Gen सार्वजनिकसँगै यामाहा ब्लू फेस्टमा मनाइयो इनोभेसनको उत्सव
खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया