प्रधानमन्त्री महिला कप क्रिकेटको उपाधिका लागि एपिएफ र प्रदेश १ भिड्ने

कैलाली । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टिम एपिएफ र प्रदेश नं १ भिड्ने भएका छन् ।
शनिवार भएका सेमिफाइनल प्रतिस्पर्धामा जित हासिल गर्दै यी दुवै टोली उपाधिका लागि भिड्ने भएका हुन् ।
शनिवारको पहिलो सेमिफाइनल खेलमा प्रदेश नं १ ले सुदूपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । एपिएफले लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गरेको छ । सुदूरपश्चिम प्रदेशले दिएको ८६ रनको विजयी लक्ष्य प्रदेश नं १ ले एक विकेट क्षतिमा भेट्टायो । प्रदेश नं १ ले १६ दशमलव पाँच ओभरमा विजयी लक्ष्य पूरा गरेको हो ।
पहिलो विकेटका लागि ओपनरद्वय कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५३ रनको साझेदारी गर्दै जितको आधार खडा गरेकी थिइन् । अन्तिम समयसम्म क्रिजमा टिकेकी कप्तान रुविनाले अविजित ३१ रन बनाइन् ।
कविता जोशीको बलमा बोल्ड आउट भएकी काजलले टिमका लागि २८ रन बनाइन् । रुविनाले अप्सरी वेगमसँग पनि दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरिन् । अप्सरीले पनि अविजित नौ रन बनाइन् । सुदूरपश्चिमका लागि कविता जोशीले मात्रै एक विकेट लिन सकिन् ।
यसअघि सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा सात विकेट गुमाउँदै ८५ रनमात्रै बनाउन सकेको थियो । सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २७, कप्तान रितु कनौजियाले २५ र डल्ली भट्टले १२ रन बनाइन् ।
प्रदेश नं १ का लागि कप्तान रुविना क्षेत्री, अलिशा खाडिया, सङ्गीता राई र ज्योति दनुवारले समान एक÷एक विकेट लिइन् । खेलमा प्रदेश नं १ की कप्तान रुविना ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
दोस्रो खेलमा विभागीय टिम एपिएफले लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो । टस जितेर पहिले ब्याटिङ गर्दै एपिएफले २० ओभरमा तीन विकेट क्षति व्यहोर्दै १२९ रन बनायो ।
एपिएफका लागि रोमा थापाले अविजित ४२ रनको पारी खेलिन् । त्यस्तै ममता चौधरीले २७, सीता रानामगरले १८, राजमति ऐरी १४ र ज्योति पाण्डेयले ११ रन थपिन । लुम्बिनीका लागि मधु डिसी, नेरी थापा र कृतिका मरासैनीले समान एक÷एक विकेट लिइन ।
एक सय ३० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले निर्धारित ओभरमा पाँच विकेट क्षतिमा ९१ रन मात्र जोड्न सक्यो । लुम्बिनीका लागि नेरी थापाले अविजित ३८ रन बनाइन् । नितु भण्डारीले १८ रन जोडिन् । एपिएफका लागि रेखा रावलले तीन विकेट लिइन् । सीता रानामगरको नाममा एक विकेट रह्यो ।
खेलमा एपिएफकी रोमा थापा ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । नेपाल क्रिकेट सङ्घ र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घद्वारा संयुक्तरूपमा आयोजित प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आइतबार हुने आयोजकले जनाएको छ ।
















बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी
कञ्चनपुरको कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया