मंगलबार, जेठ ६, २०८२

मलेसियामा बाढीले बगाउँदा ४६ जनाको मृत्यु

मेरोन्यूज २०७८ पुष ११ गते १०:३६

काठमाडौँ । मलेसियामा केही दिनयता देखिएको भीषण बाढीले बगाउँदा कम्तीमा ४६ जनाको ज्यान गएको बताइएको छ । केही दिनयता जारी रहेको मौसमी बाढीबाट शनिबारसम्म ४६ जनाको ज्यान गएको बताइएको हो ।

उद्धार अधिकारीहरुले अरु आठ जना अझै बेपत्ता भएका बताएका छन् । मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेंगानु र केलान्तानका तटीय राज्यहरूमा धेरैको ज्यान गएको बताएको छ ।

साथै, ती क्षेत्रमा अझै भारी वर्षा र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रतिक्रिया