माओवादी महाधिवेशन
प्रचण्डको दस्तावेजको पूर्णपाठ : २१औँ शताब्दीमा समाजवादको नेपाली बाटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाको बाटोबाटै समाजवाद स्थापना सम्भव भएको बताएका छन् । पार्टीको आठौं महाधिवेशनको वन्दशत्रमा ४५ पृष्ठको २१ औं शताब्दीमा समाजवादको नेपाली वाटो शीर्षकमा आफनो राजनीतिक प्रतिवेदन प्रस्तुत गदै प्रचण्डले त्यस्तो औल्याएका हुन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि के के कमीकमजोरी रहे र त्यसमा आफनो कमजोरी के हो ? भन्ने विषयमा समेत गम्भिर समिक्षा गदै प्रचण्डले आफना कमजोरीहरुका बारेमा पन िनिर्मम समिक्षा गरेका छन् । उनले नेपाली विशेषताका कारण शान्तिपूर्ण बाटोबाटै समाजवादतर्फको यात्रा सफल हुने प्रतिवेदनमा उल्लेख गरेका छन् ।
गहिरो गरी विश्व राजनीति, ने्पाली राजनीतिको अध्ययन गरेर तयार परोको उनको दस्तावेजमा पार्टीको मार्गदर्शक सिद्धान्त मालेमावाद नै रहने उल्लेख गरेका छन् । पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवादमा जाने भएको पनि प्रचण्डले दस्तावेजमा उल्लेख गरेका छन् ।
प्रतिवेदनमा माओवादी आन्दोलनको माग अनुसार अझै पनि देशमा संघीयता र पहिचानका मुद्दा संस्थागत हुन नसकेको उल्लेख गरिएको छ।
उनले प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख गरेका छन् । वर्तमान संविधान विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरू जोगाउन पार्टीले विशेष भूमिका खेल्ने पनि उक्त प्रतिवेदनमा उल्लेख छ ।
हेर्नुहोस प्रचण्ड दस्तावेजको पूर्ण पाठ










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया