भ्रममा नपर्न प्रतिभा सहकारीको अनुरोध

ललितपुर । प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाको आर्थिक तथा प्रशासनिक पक्ष सबल रहेको स्पष्ट पारेको छ । ललितपुर महानगरपालीका थसिखेलस्थित संस्थाका बारेमा भ्रामक प्रचारप्रचार भएको भन्दै त्यस्ता भ्रममा नपर्न सबै सेयर सदस्यलाई निश्चीन्त रहन आग्रह समेत गरेको छ ।
संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “केही दिनयाता यस सहकारी संस्थाबारे कपोलकल्पित एवम् भ्रम सिर्जना गर्ने गरी अनर्गल, प्रचार गरिएको छ, सम्पूर्ण सहकारी संस्थाका सदस्य तथा शुभचिन्तकहरूलाई त्यस्ता भ्रममा नपर्न अनुरोध छ ।”
सहकारी अभियानमा विगत २१ वर्षदेखि आफ्नो कार्यक्षेत्रमा १३ हजारभन्दा बढी सदस्यहरूमा आफ्नो सेवा प्रदान गर्दै सदस्यहरूको मन जित्न प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सफल रहेको सस्थाले जनाएको छ ।
संस्थाले आफ्ना सदस्यहरूको हकहित र लगानीलाई सुरक्षा सहितको प्रतिफल दिँदै आइरहेको र यसमा सबै सदस्यहरू, शुभचिन्तक तथा सम्बन्धित नियमनकारी निकायलाई अवगत नै रहेको पनि प्रष्ट पारेको छ ।
संस्थाको आर्थिक प्रशासनिक पक्ष सबल रहेको जानकारी गराउँदै यस्ता तथ्यहिन भ्रामक प्रचार नपर्न अनुरोध गरेको छ ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया