टुंगो लागेन प्रदेश २ को नाम र स्थायी राजधानी
प्रदेशसभाबाट सभामुखकै अध्यक्षतामा समिति गठन

काठमाडौं । प्रदेश २ को नामकरण र स्थायी राजधानीको टुङ्गो अझै लाग्न सकेको छैन ।
पछिल्लो प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीकाबारेमा छलफल चलिरहेको छ । प्रदेशसभा बैठकमा प्रदेशको विभिन्न नामहरुका विषयमा छलफल चलेको थियो ।
प्रदेशसभामा विभिन्न नामहरु प्रस्ताव गरिए पनि साझा नाम नजुटेपछि यसबारे टुंगो लगाउन समिति गठन गरिएको छ ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो ।
प्रदेशसभा कार्यसञ्चालन पहिलो संसोधन नियमावली २०७५ को नियम ७३ (क) को उपनियम ९ र नियम ७३ (ख) को उपनियम ९ बमोजिम प्रदेशको नाम र राजधानीको प्रस्ताव अध्ययन गर्न दलीय सहमतिको आधारमा समिति गठन गरिएको सभामुख यादवले जानकारी दिए ।
सभामुखको नेतृत्वको समितिमा उपसभामुखसहित १६ सदस्य छन् । सदस्यहरूमा उपेन्द्रप्रसाद कुशवाहा, किशोरी साह कमल, जगत प्रसाद यादव, दिलीप कुमार साह, परमेश्वर साह, विन्देश्वर प्रसाद यादव, शत्रुधन महतो, शारदा देवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्र कुमार यादव, संजय कुमार यादव, सावित्री देवी साह, सुन्दर बहादुर विश्वकर्मा र सुरीता साह छन् ।
समितिले प्रदेशको नामकरण र राजधानीका लागि प्रदेशसभामा पेस भएको प्रस्ताव अध्ययन गरी सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने जनाइएको छ ।
अध्ययनबाट प्राप्त सुझावकाआधारमा समितिले प्रदेशसभामा निर्णयार्थ पेस गर्ने गरी प्रतिवेदन बुझाउने जनाइएको छ । प्रतिवेदन तयार गर्न समितिलाई १५ दिनको समयावधि दिइएको छ ।
यो पनि पढ्नुस्
प्रदेश २ को नाम मधेस, मिथिला भोजपुरा कि जानकी ?















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया