नयाँ बसपार्कबाट सामूहिक बलात्कारमा संलग्न नौ जना पक्राउ
मेरोन्यूज
२०७८ पुष १४ गते १०:५१
काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कमा एक महिला बलाकृत भएकी छन् । नौ जना युवाहरूको समूहले उनलाई सामूहिक बलात्कार गरेका हुन् ।
बलात्कारमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । सुर्खेतबाट काठमाडौँ आएकी युवतीलाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवालले गेस्ट हाउस पुर्याएका थिए ।
त्यसै दिन बडुवालले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई समेत गेस्ट हाउसमा बोलाएका थिए । उक्त रात दुई जनाले बलात्कार गरेका थिए ।
भोलिपल्ट बिहान थप ७ जनाले अर्को गेस्ट हाउसमा पुर्याएर बलात्कार गरेका थिए । बलात्कारमा संलग्न आरोपीमध्येका युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा र अर्घाखाँची घर भएका गोपाल कुमार श्रीस पक्राउ परेको प्रहरीले जनाएको छ ।
सम्बन्धित















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया