बुधबार, जेठ ७, २०८२

सुडानमा सुनखानी दुर्घटना हुँदा ३८ जनाको मृत्यु

मेरोन्यूज २०७८ पुष १४ गते १४:५५

काठमाडौँ । दक्षिण सुडानको एक सुनखानीमा भएको दुर्घटनामा परी कम्तीमा ३८ जना खानी मजदुरको ज्यान गएको छ । खानीमा परी अरु केही व्यक्ति घाइते भएका छन् । दक्षिण सुडानको पश्चिमी क्षेत्र वेस्ट कोर्दाफानमा रहेको खानीमा अकस्मात विस्फोट भएको थियो ।

खानीमा अकस्मात बिस्फोट भएपछि भत्किएको थियो । त्यसमा परेर ३८ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीले खानी असुरक्षित रहेको भन्दै त्यसलाई सञ्चालन नगर्न भनिएको भए सञ्चालनमा ल्याएका कारण यस्तो दुर्घटना भएको बताएको छ ।

प्रतिक्रिया