जनआन्दोलनले भत्काएको शालिक ठडियो

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा स्वर्गीय राजा बीरेन्द्र शालिक रहेको थियो । बीरेन्द्रको शालिक भएकै कारण सो ठाउँको नाम बीरेन्द्रचोक रह्यो ।
०६२÷६३ को जनआन्दोलनका क्रममा बीरेन्द्रको शालिक भत्कायो । जनआन्दोनलको १५ वर्षपछि सोही ठाउँमा बुधबार पूर्वराजा वीरेन्द्रकै शालिक ठड्याइएको छ ।
स्व. राजा वीरेन्द्रको ७६ औं जन्मजयन्तीको अवसर पारेर शालिक राखिएको छ । लामो समयको रस्साकस्सीपछि राजावादीहरुको स्वतन्त्र नागरिक समूहले सोही ठाउँमा बीरेन्द्रको शालिक ठड्याएको छ ।
यो समूहको अगुवाइ गोरक्ष पिठाधीस योगी बलभद्रले गरेका थिए । राजतन्त्रविरूद्ध भएको २०६२–६३ सालको जनआन्दोलनका क्रममा देशका अधिकांश ठाउँमा राजाका शालिकहरु हटाइएका थिए ।
०६२÷६३ को जनआन्दोलनका क्रममा शालिकसहित पार्क भत्काइएको थियो । उक्त पार्क २०७६ भदौमा पुनर्निर्माण गरिएको थियो । पार्क पुनर्निर्माण गरिए पनि शालिक भने राखिएको थिएन । यसअघि शालिक राख्ने विषयमा हस्ताक्षर संकलन गर्ने काम समेत भएको थियो ।
सो समूहले शालिक राखेसँगै वीरेन्द्रचोक वरपर दीप प्रज्वलन गरी वीरेन्द्रको जन्मजयन्तीसमेत मनाएका छन् ।
त्यस ठाउँमा वीरेन्द्रको महत्व रहेको स्थानीयको भनाइ छ ।
तत्कालीन राजा वीरेन्द्रले नै सहरी योजनाविद् माधवभक्त माथेमालाई सुर्खेत ल्याएर उपत्यकाको गुरूयोजना बनाउन लगाएका थिए । २०४४ सालमा पहिलोपटक वीरेन्द्रको शालिक राखेर वीरेन्द्रचोक निर्माण गरिएको थियो । सोही वर्ष वीरेन्द्र दम्पती सुर्खेत आएर शालिकको अनावरण गरेका थिए ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया