बुधबार, जेठ ७, २०८२

दक्षिण कोरियामा जन्म दर कम हुँदै

मेरोन्यूज २०७८ पुष १५ गते ८:००

काठमाडौँ । दक्षिण कोरियामा जन्म दरमानिरन्तर कमी आएको देखिएको छ । अक्टोबरसम्मको हालै सार्वजनिक तथ्यांकअनुसार जन्म दरमा आएको निरन्तरको ह्रासले दक्षिण कोरियाको जनसांख्यिक संकट निम्तिने चिन्ता कायमै रह्यो ।

कोरियाली तथ्यांक कार्यालयका अनुसार अक्टोबर महिनामा नवजात शिशुहरूको संख्या २० हजार ७३६ थियो । यो एक वर्ष पहिलेभन्दा ५.२ प्रतिशतले कमी हो ।

सन् १९८१ मा तथ्यांक संकलन गर्न थालिएपछि यो रिपोर्ट अहिलेसम्मकै सबैभन्दा कम हो । दक्षिण कोरियामा सन् २०१५ को डिसेम्बरदेखि ७१ महिनादेखि नवजात शिशुको संख्यामा कमी आएको छ । यहाँ विवाहमा ढिलासुस्ती हुने सामाजिक अभ्यासका कारण बच्चा जन्माउने उमेर पुगेका महिलाहरूको संख्या कम हुँदै गएको छ ।

वर्षभरि विवाहको संख्या ७.७ प्रतिशतले घटेको छ । अक्टोबरमा १५ हजार २०३ जोडीको मात्र विवाह भएको सरकारी तथ्यांक छ । यो अक्टोबर महिनामा अझै बढी कम थियो ।

उल्लेखित महिनामा सम्बन्धविच्छेद गर्नेको संख्या १७.६ प्रतिशतले घटेर सात हजार ७०३ पुग्यो । यस वर्षको पहिलो १० महिनामा नवजात शिशुहरूको संख्या दुई लाख २४ हजार २१६ रहेको थियो । जुन गत वर्षको सोही अवधिको तुलनामा ३.६ प्रतिशतले कमी हो ।

सन् २०२१ को १० महिनाको अवधिमा विवाह गर्नेको संख्यामा १०.१ प्रतिशतले कम भएर एक लाख ५५ हजार ६६० पुगेको छ ।

प्रतिक्रिया