सोमबार, पुष १४, २०८२

आजदेखि क्रमिक रुपमा मौसम सुधार हुने

मेरोन्यूज २०७८ पुष १५ गते ८:०६

काठमाडौँ । आजदेखि मौसममा सुधार आउने आंकलन गरिएको छ । गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएको थियो ।

आजदेखि क्रमशः यो प्रणालीको असर हट्दै जाने र दिउँसो घाम लाग्ने आंकलन महाशाखाका मौसमविद्ले गरेका हुन् । यद्यपि, बिहान पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । बिहान देशभर आंशिक तथा थोरै स्थानमा वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

प्रतिक्रिया