सोमबार, पुष ७, २०८२

नबिल र बंगलादेश बैंक मर्जरमा जाने

मेरोन्यूज २०७८ पुष १५ गते १५:१४

काठमाडौँ । नबिल बैंक र नेपाल बंगलादेश वैक मर्जरमा जाने भएका छन् । वंगलादेश वैंकलाई प्राप्ति (एक्विजिसन) गर्नका लागि औपचारिक रुपमा नबिलले प्रक्रिया अघि बढाएको छ । यसका लागि दुबै बैंकले मर्जर समिति गठन गरेका छन् ।

नबिल बैंकले हिजो बुधबार र बंगलादेश बैंकले आज बिहीबार मर्जर समिति गठन गरेका हुन् । नबिल बैंकले सञ्चालक उदयकृष्ण उपाध्यायको संयोजकत्वमा यसअघि गठन भएको मर्जर समितिलाई नै उक्त जिम्मेवारी दिएको छ ।

नेपाल बंगलादेश बैंकको प्रमुख सेयरधनी बंगलादेशको आईएफआईसी बैंकले उक्त सेयर बिक्री गरेर बाहिरिन लागेको छ । आईएफआईसीले बिक्री गर्ने र बाँकी केही सेयर पनि खरिद गरेर नबिल बैंकले बंगलादेशलाई प्राप्ति गर्न लागेको हो ।

प्रतिक्रिया