बिहीबार, पुष १०, २०८२

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्‍यु हुनेको संख्या शून्य

मेरोन्यूज २०७८ पुष १५ गते १७:०७

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ६ हजार ८१४ जनाको पीसीआर परीक्षण गर्दा २३५ जना र २ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्‍यु भएको छैन भने २२८ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ५६ हजार ११२ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयलले जनाएको छ ।

प्रतिक्रिया