वैद्यले भने– प्रचण्ड कम्युनिस्ट नै होइनन्, दक्षिणपन्थी अवसरवादी हुन्

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कम्युनिस्ट नै नभएको आरोप लगाएका छन् ।
विहीबार बेलुका एक टेलिभिजन अन्तवार्तामा उनले प्रचण्ड कुनैबेला कम्युनिस्ट विचारमा प्रतिवद्ध रहे पनि अहिले कम्युनिस्ट नै नभएको दाबी गरे ।
क्रान्तिकारी पार्टी निर्माणका लागि भन्दै आइतबारदेखि महाधिवेशन जारी रहेकैबेला वैद्यले प्रचण्ड दक्षिणपन्थी अवसरवादी भएको आरोप लगाए ।
कुनै बेला क्रान्तिकारी भएपनि प्रचण्डमा आएको बिचलनकै कारण
जनयुद्धको अन्तिम समयमा प्रचण्डमा विचलन आयो ।
नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने, नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादी दिशामा जाने भन्ने आफैले गरेको प्रतिवद्धता छाडेर प्रचण्ड संसदीय ब्यवस्थातर्फ लागेको वैद्यले बताए ।
१२ बुँदे सहमति र चुनवाङ बैठकबाट प्रचण्ड संसदीय शक्तिलाई स्वीकार्ने ढंगले अघि बढेपछि नै विचलन आएको वैद्यको भनाइ छ ।
प्रचण्डले घर फोरेर आँगन पुर्नेभनेजस्तै ब्यवहार गरेको वैद्यको भनाइ थियो ।















मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार
मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’
ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन
भक्तपुरमा चलचित्र महोत्सव हुँदै
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
प्रतिक्रिया