प्रहरीको पेन्सन अवधि घटाइने
इन्स्पेक्टर असई भर्नामा ५०/५० प्रतिशत लागू हुने

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको भर्नामा नयाँ प्रावधान लागू गर्न आग्रह गर्दै प्रहरी नियमावली संशोधन गर्न प्रस्ताव गरेको छ ।
मन्त्रिपरिषदको विधायन समितिमा रहेको प्रहरी नियमावली संशोधनका प्रस्ताव गर्दै नयाँ प्रावधान लागू गर्न आग्रह गरेको हो । प्रहरी प्रधानकार्यालयले चार दिन अघि मात्रै नेपाल प्रहरीको इन्सपेक्टर र असइ भर्नामा नयाँ मापदण्ड लागू गर्न प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
प्रहरी नियमावली संशोधन गरी रिक्त पदमध्ये ५० प्रतिशत भर्नाबाट तथा ५० प्रतिशत बढुवाबाट पदपुर्ती हुने व्यवस्था गर्न लागेको हो । प्रहरी नियमावली अनुसार हाल नयाँ भर्नाबाट ६० प्रतिशत र आन्तरिक बढुवाबाट ४० प्रतिशत पदपूर्ति हँुदै आएको छ ।
आन्तरिक बढुवामा लामो समय जाम पर्ने र तल्लो तहका प्रहरीको बृत्ति विकासमा समस्या भएपछि प्रहरी नियमावली संशोधन गरी सो प्रावधान लागू गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
‘यो प्रावधान लागू भए प्रहरी कर्मचारीमा नयाँ उत्साह आउनेछ साथै तल्लो तहमा कार्यरत कर्मचारीहरुको मनोबल समेत बढ्नेछ’– प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने ।
हाल मन्त्रिपरिषद्को विधायन समितिमा रहेको प्रहरी नियमावली संशोधनको मस्यौदामा यो प्रावधान राख्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यो विषयमा प्रहरीभित्र लामो समयदेखि बहस हुँदै आएको थियो ।
काम गर्ने बेलामा तल्लो तहका कर्मचारी प्रयोग हुने तर बढुवामा भने प्रहरी नीरिक्षक माथिकालाई मात्र अवसर आउने भएपछि प्रहरी प्रधान कार्यालयमा लामो समयसम्म छलफलको विषय बनेको थियो ।
‘यो नियमावली संशोधन भयो भने तल्लो तहका प्रहरी कर्मचारीले निकै आकर्षण बढ्नेछ’, एक प्रहरी अधिकारीले भने । ती अधिकारीका अनुसार प्रहरीको पेन्सन अवधि पनि घटाउने प्रस्ताव गरिएको छ । तल्लो तहका प्रहरी कर्मचारीको पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव गरिएको छ ।
















सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति
यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया