मन्त्री आले र पर्यटन बोर्डका सीईओको दुश्मनी के हो ?
पर्यटन बोर्डका सीईओलाई मन्त्री आलेले ‘साँढे’ भनेपछि..

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र पर्यटन बोर्डका अध्यक्षबीच ठूलो मनमुटाव रहेको खुलासा भएको छ । पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार बोर्डमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री आलेले सीईओप्रति तथानाम गाली गरेका छन् ।
मन्त्री आलेले पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीलाई ‘साँढे’को आरोप लगाए । कार्यक्रममा बोल्दै मन्त्री आलेले सिइओप्रति रेग्मीप्रति लक्षित गर्दै साँढेलाई पालेर बोर्ड नचल्ने बताए ।
‘धेरै रिसाउनुभो जाम् रक्सी खान भन्ने साँढेलाई राखेर बोर्ड चल्छ ?’ मन्त्री आलेको प्रश्न थियो । पर्यटन बोर्डमा धनञ्जय रेग्मी सीइओ रहेसम्म बोर्डको प्रगति नहुने उनले दाबी गरे ।
मन्त्री आलेले इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताए । उनले हाल छानबिनका क्रममा रहेका बोर्डका सिईओ धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश व्यक्त गरे ।
मन्त्री आलेले आफ्नो मन्त्रालय अन्तरगतका संघसंस्थाहरुमा विकृतिहरुको चाङ भएकोले सम्हाल्नै गाह्रो भइरहेको बताए । उनले पहिला काले काले मिलेर भाले खाए पनि अब प्रेम आले आएकोले भ्रष्टाचार हुन नदिने बताए ।
मन्त्री आलेले डब्लूटिएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गरे । उनले सबै खाने खर्च आफूले व्यहोरेकाले खर्चको बारेमा छानबिन गरेर कारबाही गर्नुपर्ने बताए ।
मन्त्री आलेले आफूलाई जबर्जस्ती लण्डन लगेर अपमानित गरेको समेत गुनासो गरे । लन्डनमा पुगेर आफू बोल्न नपाएको समेत उनले गुनासो गरे ।
सर्वोच्च अदालतले बुधबार मात्रै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको छ ।
पुस २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।















नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण
कान्तिपुरका प्रधान सम्पादक उमेश चौहानले दिए राजीनामा
वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
Three killed in separate incidents
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया