नेपाल प्रवेशमा सहज बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएसँगै विदेशबाट नेपाल प्रवेशमा कडाइ गरेको सरकारले त्यसलाई सहज बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको लक्ष्यणसँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थामा १० दिन घरमै क्वारेन्टाइन बस्नेगरि प्रवेश अनुमति दिने निर्णय गरिएको हो ।
खोपको पूर्णमात्रा लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र कूटनितिक वा अफिसियल पासपोर्टबाहक वा आवसिय भिसा प्राप्त गरेका विदेशी नागरिकलाई कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थाम घरमै १० दिन क्वारेन्टिन बस्नेगरी प्रवेश अनुमति दिइने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।
खोपको मात्रा पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका नेपाली नागरिकहरुको भने नेपाल प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्नेछ। परीक्षण रिपोर्ट पोजिटिभ देखिएकालाई संस्थागत आइसोलेसनमा पठाउने र नेगेटिभ देखिएकालाई घरमै १० दिन क्वारन्टिनमा बस्नेगरी प्रवेश अनुमति दिने बैठकले निर्णय गरेको छ ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया