यू १९ एशिया कपमा आठौं पटक भारतको जित
मेरोन्यूज
२०७८ पुष १७ गते ९:१४

काठमाडौं । भारतले १९ वर्ष मुनिको यू १९ एसिया कप क्रिकेटको उपाधि हात पारेको छ । भारतले आठौं पटक यू १९ एशिया कप क्रिकेटको उपाधि जितेको हो ।
दुबईमा शुक्रबार भएको फाइनल खेलमा श्रीलंकालाई नौ विकेटले हराउँदै भारतले उपाधि जितेको हो । वर्षाले प्रभावित खेलमा भारतीय टोलीले जितका लागि ३८ ओभरमा एक सय दुई रनको लक्ष्य पाएको थियो । भारतका लागि आंकिश रघुवंशीले ५६ र शैक रशीदले ३१ रन बनाए ।
यसअघि श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्दै ३८ ओभरमा नौ विकेट गुमाएर एक सय ६ रन बनायो । तर डकवर्थ लुइस नियमको आधारमा भारतले ३८ ओभरमा एक सय दुई रनको लक्ष्य पाएको थियो । श्रीलंकाका लागि यसुरु रोड्रिगोले १९ र रविन डी सिल्भाले १५ रन बनाए भने बलिङतर्फ भारतका विक्की बस्तलले तीन र कौशल ताम्बेले दुई विकेट लिएका थिए ।
यू १९ एशिया कपमा नेपाल भने जितविहिन भएर फर्किएका छ ।
सम्बन्धित
















अमेरिकाले इरानी तेलमा लगाइएको प्रतिबन्ध हटायाे
चीन सरकारले नेपालमा सङ्घीयसंसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन
Eid al-Fitr enriches sense of mutual harmony and unity-PM Karki
BP Highway obstructed; vehicles put on hold
एनआरएनएमा पैसा, शक्ति र राजनीति हावी हुनुहुँदैन – डा हेमराज शर्मा
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया