पूर्वसांसद रायमाझी एकीकृत समाजवादीमा प्रवेश
मेरोन्यूज
२०७८ पुष १७ गते १६:०३

बुटवल । नेकपा एमाले पाल्पाका पूर्व जिल्ला अध्यक्ष एवं पूर्व सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
रायमाझीले शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचरणविपरीत अधिनायकवादी सोचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको बताए ।
विगतदेखि नै पार्टीमा चरम विकृति र विसङ्गति बढेको र त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको रायमाझीले उल्लेख गरे । रायमाझीले एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारीपूर्वक निभाउने बताएका छन् ।
पाल्पामा एमालेको दुई कार्यकाल अध्यक्ष रहेका रायमाझी तत्कालीन नेकपामा विवाद हुँदा माधव नेपाल–प्रचण्ड पक्षमा थिए । तर एमाले विभाजनपछि भने उनी एमालेमै रहेका थिए । उनी एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए ।
सम्बन्धित














ओलीका पिताको पशुपति आर्यघाटमा अन्त्येष्टि
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
प्रचण्ड र रविबीच कुराकानी
रुकुम पश्चिममा काठले च्यापिएर एक जनाको मृत्यु
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
प्रतिक्रिया