राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
मेरोन्यूज
२०७८ पुष १८ गते १४:४३

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि दोस्रोपटक केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक सोमबार दिउँसो २ बजे केन्द्रीय पार्टी कार्यालयमा बोलाइएको हो । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि केन्द्रीय समिति बैठक बोलाइएको बताए ।
पौडेलका अनुसार कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बस्न लागेको बताइएको छ । राष्ट्रिय सभा सदस्यका लागि १२ माघमा निर्वाचन हुँदैछ ।
मंगलबार भने उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ । कांग्रेसले उम्मेदवार तय गरिसकेको छैन । उम्मेदवार छान्न संसदीय बोर्डसमेत गठन गरिएको छैन ।
सम्बन्धित















प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर
‘युएईमा अमेरिकी लुक्ने ठाउँहरूमा आक्रमण सुरु भयाे ‘- इरान
दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहँदा उत्तर कोरियाकाे मिसाइल प्रक्षेपण
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया