रियल मार्लोकामाथि बार्सिलोनाको कठिन जित, रियलमड्रिड गटाफेसँग पराजित
मेरोन्यूज
२०७८ पुष १९ गते ८:०९

काठमाडौं । स्पेनीस ला लिगा फुटवलको गएराती भएको खेलमा बार्सिलोनाले रियल मार्लोकामाथि १–० कठिन जित निकालेको छ ।
मार्लोकाको घरेलु मैदानमा गएराति भएको खेलमा लुक डे जोङले निर्णायक गोल गरेका थिए । खेलको ४४ औं मिनेटमा डी जोङले गोल गरेका थिए ।
जितपछि बार्सिलोना शीर्ष चार स्थानबाट एक अंकको दूरीमा रहन सफल भएको छ । बार्सिलोनाको १९ खेलबाट ३१ अंक जोडेको छ भने चौथो स्थानमा रहेको एथलेटिको म्याड्रिडको समान खेलबाट ३२ अंक छ ।
तेस्रो स्थानमा रहेको रियल बेटिसको ३३ अंक हुँदा दोस्रो स्थानमा रहेको सेभिल्लाको ३८ र शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको २० खेलबाट ४६ अंक छ ।
गएरातीकै खेलमा रियल मड्रिड गटाफेसँग १–० ले पराजित भएको थियो भने बार्सिलोनाले मार्लोकामाथि १–० को कठिन जित हात पारेको छ । इनेस युनालले खेलको नवौं मिनेटमा गोल गर्दै गटाफेलाई जित दिलाएका थिए ।

सम्बन्धित
















वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
भोलि ईदकाे सार्वजनिक बिदा
वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया