झण्डै आठ लाख मतदाता थपिए

काठमाडौँ । निर्वाचन आयोगले पछिल्लोपटक चलाएको फोटोसहितको मतदाता नामावली संकलन अभियानमा झण्डै आठ लाख मतदाता थपिएका छन् ।
आगामी निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन अभियान चलिरहँदा अहिलेसम्म ७ लाख ९३ हजार ७ सय ५५ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगले गत मंसिर १७ देखि देशब्यापी रुपमा मतदाता नामावली संकलन अभियान चलाएको छ ।
संकलित तथ्यांकमा युवाको संख्या मात्रै करिब ६ लाख रहेको आयोगले जनाएको छ । यसअघि कुल मतदाता संख्या १ करोड ६० लाख हाराहारी थियो ।
आयोगले अहिले पनि २ सय २५ स्थानमा नामावली संकलन जारी राखेको छ । स्थानीय तह स्तरमा भएको नामावली संकलन कार्य सकिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । स्थायी ठेगानाभन्दा फरक स्थानमा बसोबास गर्ने २८ हजारले पनि नाम दर्ता गराएको आयोगले जनाएको छ ।
आयोगकाअनुसार इलाका र जिल्ला प्रशासन, निर्वाचन कार्यालयमा सार्वजनिक बिदाको दिनबाहेक नामावली दर्ता गराउन सकिने जनाएको छ ।
चुनावको मिति घोषणा नभएसम्म नामावली संकलन जारी रहने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले स्थानीय तहको निर्वाचन आउँदो वैशाख १४ देखि २२ सम्म गर्न सरकारलाई प्रस्ताव गरेको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि ०७९ फागुन २० भित्र गरिसक्नुपर्नेछ ।











चोरी भएका ६० वटा बाइक र स्कुटर सवारीधनीलाई हस्तान्तरण
तीन शीर्ष नेता भेटेपछि सरकारका प्रवक्ताले भने – निर्धारित मितिमै चुनाव हुन्छ, सबै दलले भाग लिन्छन्
फिलिपिन्समा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, २३ घाइते
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले सम्हाले कार्यभार
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया