आइतबार, पुष १३, २०८२

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी

मेरोन्यूज २०७८ पुष १९ गते ११:१०

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

राष्ट्रियसभा सदस्यको २० सदस्यका लागि हुन लागेको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धन छलफलमा जुटेको हो ।

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन दलले चुनावी तालमेल गर्ने आपसी सहमति गरेका छन् ।

उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ ।

आगामी फागुनदेखि २० सांसदको चार वर्षे कार्यकाल पूरा हुँदैछ । कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सदस्यका लागि आगामी माघ १२ गते मतदान हुँदैछ ।

प्रतिक्रिया