बिहीबार, चैत ५, २०८२

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

मेरोन्यूज २०७८ पुष १९ गते १३:३१

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको बन्द प्रशिक्षण सोमबारदेखि सुरु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण त्रिवि क्रिकेट मैदानमा सुरु भएको हो ।

पहिलो दिनको प्रशिक्षणमा १४ खेलाडी उपस्थित भएका छन् । बाँकी १६ खेलाडी भने कोभिड १९ को पीसीआर नगरेको कारण उपस्थित भएका छैनन् ।

पीसीआर गरेका ६ खेलाडी रिपोर्ट नआएको कारण होटलमा बसेका छन् । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल लगायतका ९ खेलाडीको भने पीसीआर गर्न बाँकी रहेको छ ।

कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा बिग बास लिग खेलिरहेका छन् ।

यी हुन् बन्द प्रशिक्षणमा परेका खेलाडीहरु

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, करण केसी, सोमपाल कामी, आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, कमल सिंह ऐरी, शाहब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुशन भारी, पवन सर्राफ, बिक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल प्रदिप ऐरी, गुलशन झा, नन्दन यादव, जीतेन्द्र कुमार मुखिया, विवेक यादव, सौरभ खनाल, राजेश पुलामी, शिशिर महतो, सागर ढकाल, हरिशंकर साह ।

प्रतिक्रिया