एमालेकी गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश
मेरोन्यूज
२०७८ पुष १९ गते १४:१६

अर्घाखाँची । नेकपा एमालेबाट निर्वाचित अर्घाखाँची पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले गौतमलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
अर्घाखाँची पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम सहित करिब २ सय जनालाई कांग्रेस प्रवेश गराईएको कांग्रेस पाणिनी गाउँपालिकाले जनाएको छ ।
पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेस नेताहरु पुष्पा भुसाल, सञ्जय गौतम, युवा नेता डिल्लीराम सुवेदी लगायतका नेताहरु कार्यक्रममा सहभागी रहेको कांग्रेस अर्घाखाँचीका नेता डा. इन्द्रमणि पौडेलले जानकारी दिए ।
सम्बन्धित














इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
प्रचण्ड र रविबीच कुराकानी
रुकुम पश्चिममा काठले च्यापिएर एक जनाको मृत्यु
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
प्रतिक्रिया