पदाधिकारी चयन नगरी सकियो माओवादी केन्द्रको पहिलो बैठक, पुस २५ गते अर्को बैठक बस्ने
मेरोन्यूज
२०७८ पुष १९ गते १८:००

काठमाडौं । नेकपा माओवादी केन्द्रको पहिलो बैठक सकिएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पदाधिकारी चयन नगरी सकिएको हो ।
सोमबार ललितपुरमा बसेको पहिलो बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । अध्यक्ष प्रचण्डले पुस २५ गते अर्को बैठक बस्ने र त्यसअघि छलफल गरेर पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिका सदस्यहरु टुंगो लगाउने बताएका छन् ।
यसका साथै वर्षमान पुन चीनबाट फर्केपछि माओवादीले पदाधिकारी घोषणा गर्ने भएको छ । माओवादी केन्द्रीय सदस्य बोधमाया यादवले भोली पुन चीनबाट फर्किने र त्यसपछि मात्रै पार्टीले पदाधिकारीको घोषणा गर्ने बताएकी हुन् । पुन स्वास्थ्य उपचारका लागि चीनमा रहेका छन् ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया