बिहीबार, चैत २६, २०८२

युएईको झण्डावाला कार्गो जहाज हुती विद्रोहीको कब्जामा

मेरोन्यूज २०७८ पुष १९ गते २१:१६
प्रतिकात्मक तस्बिर : गेट्टी इमेज

एजेन्सी । यमनको हुती विद्रोहीले संयुक्त अरब इमिरेट्सको झण्डा भएको एक मालवाहक जहाजलाई समुद्रको तटबाट छुट्नासाथ आफ्नो कब्जामा लिएका छन्। 

Advertisement
nepal life insurencenepal life insurence

हुती प्रवक्ता याहिया सारीले एक ट्वीटमा भनेका छन् जहाजमा “सैन्य उपकरण थियो” र त्यो “बिना लाइसेन्स यमनमा प्रवेश गर्दै थियो र विरोधी कार्य गरिरहेको थियो ।” सारीले एक प्रेस कन्फरेन्स गरेर यसबारेमा पूरा जानकारी दिने बताएको बीबीसीले उल्लेख गरेको  छ । 

हुती विद्रोहीले यमनको धेरै जसो क्षेत्रमा कब्जा जमाएका छन् र साऊदी अरबको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धनको सेना यमनमा उ सँग युद्ध गरिरहेको छ । यस अघि साऊदी अरब नेतृत्वको गठबन्धनले हुती विद्रोहिले यमनमा होदेदा गवर्नोरेटबाट निस्कनासाथ युएईको झण्डा भएको एक मालवाहक जहाजलाई अपहरण गरेको जनाएको थियो । यसपछि हुतीले जहाज कब्जामा लिएको जानकारी दिएको हो । 

साऊदी प्रेस एजन्सीका अनुसार गठबन्धनका प्रवक्ता ब्रिगेडियर तुर्की अल मलिकीले उक्त मालवाहक जहाज सोकोट्रा द्वीपबाट जजान बन्दरगाहको यात्राका लागि निस्किएको र त्यसमा अस्पतालसँग सम्बन्धित उपकरणहरु थिए । 

प्रतिक्रिया