म्यान्चेष्टर युनाइटेड घरेलु मैदानमै उल्भससँग पराजित

काठमाडौं । इंगलिस प्रिमियर लिगको गएरातीको खेलमा आफ्नै घरेलु मैदानमा म्यान्चेष्टर युनाइटेडले उल्भर ह्यामटन वान्डरर्ससँग पराजय ब्यहोरेको छ ।
म्यान्चेष्ट युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा उल्भसले म्यानयूलाई १–० ले पराजित गरेको हो । उल्भसका लागि जोआओ मौटिनोले खेलको ८२ औं मिनेटमा गोल गरे ।
मौटिनोको एक मात्र गोल म्यानयूलाई पराजित गर्न सहज बन्यो । उल्भसले सन् १९८० पछि पहिलो पटक ओल्डट्राफोर्डमा जित निकालेको हो ।
उल्भ्ससँग पराजित म्यानयू १९ खेलबाट ३१ अंक जोड्दै सातौं स्थानमा रहेको छ भने उल्भ्स बराबरी खेलमा २८ अंकका साथ आठौं स्थानमा उक्लिएको छ ।
प्रिमियर लिगमा २१ खेल खेलेको म्यान्चेष्टर सिटी ५३ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने चेल्सी बराबरी खेलमा ४३ अंकका साथ शीर्ष दोस्रो स्थानमा छ । चेल्सीका लागि लिभरपुल चुनौति बनेको छ । लिभरपुलले २० खेलमा ४२ अंक जोडेको छ ।








यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
एनपिएलः आज दुई खेल हुँदै
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया