राष्ट्रियसभा निर्वाचन
गण्डकीमा एमालेको तीन जनाको उम्मेदवारी दर्ता
मेरोन्यूज
२०७८ पुष २० गते १३:०८

पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट नेकपा (एमाले)का तीन जनाले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
कास्कीमा पुण्यप्रसाद पौडेल, स्याङजाका अर्जुनकुमार सुनाम र नवलपरासी (बर्दघाट सुस्तापूर्व)की लीला थनेतले उम्मेदवार दर्ता गराएको निर्वाचन कार्यालय गण्डकी प्रदेशका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।
पौडेलले खुल्लातर्फ, नेपालीले दलिततर्फ र थनेतले महिलातर्फबाट उम्मेदवार दर्ता गराएका हुन् ।
राष्ट्रियसभाको १९ पदका लागि आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ । निर्वाचनमा १२ राजनीतिक दलले भाग लिँदैछन् ।
सम्बन्धित










आज २०८२ साल पुस २ गते बुधबारको राशिफल
बढ्यो अमेरिकी डलरको मूल्य, आजकाे भाउ कति ?
एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया