करातेमा नेपाललाई चार स्वर्ण

काठमाडौँ । बंगलादेशमा सम्पन्न बि–जी कराते च्याम्पियनसिपमा नेपालले सितोरियो करातेमा चार स्वर्ण पदक जितेको छ ।
बंगलादेश गोजुरियो कराते महासङ्घको सहयोग तथा बंगलादेश बशप संघको आयोजनामा भएको उक्त प्रतियोगितामा नेपालका डिजेन डोल्मा लामाले दुई तथा पासाङ तामाङ र ग्याल्मो सोमिका लामाले एक एक स्वर्ण प्राप्त गरेका छन् । डिजेनले कुमिते र कातामा गरी दुई स्वर्ण जितिन ।
पासाङले ७० किलो तौल समूहको कातातर्फ तथा ग्याल्मोले ३५ किलो तौल समूहको कुमितेतर्फ स्वर्ण प्राप्त गरेको टोली व्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार नेपाली टोलीले थप दुई रजत र पाँच कास्य पदकसमेत प्राप्त गरेको छ । पासाङ तामाङले ७० किलो र राजदेव बमजनले ६५ किलो तौल समूहको कुमितेतर्फ रजत प्राप्त गरेका हुन् ।
त्यसैगरी रवीन्द्र कुँवरले खुलातर्फ, युरोडिस रोक्काले ६० किलो, उमेश भण्डारीले ५५ किलो, रविना बुढाथोकीले ४५ किलो तथा उमङ्ग बुढाथोकीले १४ वर्षमुनि उमेर समूहमा कास्य पदक प्राप्त गरेका छन् । सो च्याम्पियनसिपमा नेपालका छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ, नारायण श्रेष्ठ, प्रकाश तामाङ लामा, मिङ्मा तामाङ र गणेशलाल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।









इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रतिक्रिया