प्रदेश २ का आन्तरिक मामिला राज्यमन्त्रीको सवारी दुर्घटना

सप्तरी । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्ण दुर्घटनामा परेकि छन् । उनी सवार ज१झ ४०६ नम्बरको स्कारपियो दुर्घटनामा परेको हो ।
बुधबार साँझ सप्तरीको विष्णुपुर गाउँपालिका–७ नहर चोकस्थित भित्री सडकखण्डमा गाडीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको राज्यमन्त्री कर्णले जानकारी दिइन् ।
साँघुरो बाटोमा मोड्न खोज्दा गाडी अचानक पल्टिएर खेतमा पुगेको उनले बताइन् । राज्यमन्त्रीसहित गाडीमा उनका स्वकीय सचिव ध्रुवकुमार मण्डल, सुरक्षा गार्ड प्रहरी हवल्दार तुलसीप्रसाद साह, चालक विकेश चौधरी, नेकपा माओवादीका स्थानीय नेता जयप्रकाश चौधरी र प्रथमलाल राम सवार थिए ।
दुर्घटनामा केहीलाई सामान्य चोपटटक लागेको र राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारपछि घर पठाइएको छ ।
राज्यमन्त्रीको टोली छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीका ८९ वर्षीय मुक्तिलाल मण्डलको हत्याबारे जानकारी लिँदै परिवारलाई समवेदना दिएर फर्किरहेका बेला दुर्घटनामा परेको हो ।










मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी, डाेल्पा कम
यस्तो छ आजकाे निर्धारित विदेशी मुद्राको विनिमयदर
निर्वाचन प्रचारप्रसार गर्न बढीमा दुईवटा सवारीसाधन प्रयोग गर्न पाइने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया