कमेडी क्लब विथ च्यम्पियन्स आउदै
काठमाडौं । हास्य व्यंग्य विधाको नयाँ रियालिटी सो आउने भएको छ । कि इन्टरटेन्मेन्ट र थ्री प्रोडक्सनले संयुक्त रुपमा कमेडी क्लब विथ च्यम्पियन्स नामको हास्य व्यंग्य विधाको नयाँ रियालिटी उत्पादन गरि प्रशारण गर्ने भएका हुन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कि इन्टरटेन्मेन्टले कमेडी क्लब विथ च्यम्पियन्स आगामी माघ महिना देखि हरेक सोमबार नेपाल टेलिभिजनमा प्रशारण गर्न लागेको बताएको छ ।
सोमबार बेलुकी ८ः५० बजे प्रशारण हुने कमेडी क्लब विथ च्यम्पियन्समा कमेडी च्याम्पियन सिजन १ र २ का कलाकारहरुको प्रस्तुति रहने बताइएको छ । कार्यक्रममा मुख्य कलाकारको रुपमा पवन भट्टराई,उमेश राई (फुलन्देकी आमा ), मेक्सम गौडेल,श्रेया सुवेदी,साजन श्रेष्ठ सुमन कार्की र कैलाश कार्की रहने बताइएको छ । हासो र व्यंग्य मार्फत परिवार समाज र आम जनमानसमा मनोरंजन प्रदान गर्ने उद्देश्य कार्यक्रमले लिएको आयोजक संस्था कि इन्टरटेन्मेन्टले बताएको छ ।










सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण
न्युयोर्कका नवनिर्वाचित मेयर मम्दानीलाई भेट्दै ट्रम्प
अनलाइन ठगीबाट जोगिन प्रहरीको सात बुँदे अनुरोध
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, ताेलामा कति ?
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया