उच्चस्तरीय राजनीतिक संयन्त्र
राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार जिताउन अपिल गर्ने
सातवटै प्रदेशमा सत्ता गठवन्धन दलका नेता सम्मिलित संन्यत्र बनाउने

काठमाडौं । सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई सामुहिक अपिल गर्ने निर्णय गरेको छ ।
सात ओटै प्रदेशमा सत्ता गठवन्धन दलका साझा उम्मेदवारलाई जिताउन समन्वय समिति बनाई भूमिका पनि खेल्ने निर्णय गरेको छ ।
संन्यत्रको वैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिल गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते हुँदै छ ।
संन्यत्रमा अहिले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक छन् । तीन तीन महिनामा सत्तारुढ दलका नेताहरले नेतृत्व अदलवदल गर्ने गरी यो संन्यत्र निर्माण भएको हो । पौडेल संयोजक भएपछि संन्यत्रको यो दोस्रो बैठक हो ।
वैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका विषयमा पनि छलफल भएकोृ छ । सत्तारुढ दलका नेताहरुले प्रधानमन्त्री देउवालाई भारत भ्रमणको शुभकामना समेत संन्यत्रको बैठकमार्फत दिउका छन् । दुई देश वीचको सम्बन्ध प्रधानमन्त्रीको भारत भ्रमणले थप सुदृढ हुने संयन्त्रले विश्वास व्यक्त गरेको पनि वैठकपछि सञ्चरमन्त्री कार्कीले बताए ।
देउवा आगामी आइतबार चार दिने भारत भ्रमणका लागि २५ सदस्यीय टोलीसहित जाँदैछन् ।














दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहँदा उत्तर कोरियाकाे मिसाइल प्रक्षेपण
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
इरानको तेल नेटवर्कमाथि अमेरिकी आक्रमणः युद्ध बढ्दै
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया