तपाईंको साप्ताहिक राशीफल, के छ याे हप्ता ?

आज २०७८ साल कार्तिक महिनाको २४ गते शनिबार । राशिअनुसार यस साता कस्तो रहने छ ? प्रस्तुत छ साप्ताहिक राशिफल ।
मेष
यस राशिका व्यक्तिहरुलाई यस साता औसत प्रकृतिको रहने छ । भाग्यले साथ नदिएका कारण चालिएका कदमहरुमा सफलता कम नै प्राप्त हुने छ । अपजस र अपमान सहनु पर्ने तथा गरेका कामहरुको उचित मुल्यांकन नहुँदा मनमा खिन्नताले सताउने छ । पेशागत जीवनमा भने सन्तुलित अवस्थाकायम रहने छ । सामाजिक रुपमा आलोचना गर्नेहरु बढि देखिने छन् । आफन्तबाटै धोका हुने चुनौति रहेकाले ध्यान दिनु होला । बौद्धिक क्षेत्रमा फित्तलो प्रस्तुति हुने छ ।
वृष
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक रहने छ । आँटेका कुराहरु सकारात्मक रुपमा अघि बढ्ने र सफलता प्राप्त हुने छ । दृढताले भरिएको व्यक्तित्व हुने छ । परिवारको साथले उन्नति प्रगतिमा मद्धत मिल्ने छ । जीवनसाथिले गर्ने मनोवैज्ञानिक साथ र समर्थले आँट र भरोषा प्राप्त हुने छ । पेशागत जीवनमा उन्नति प्रगति हुने भएकाले सन्तोष मिल्ने छ । आर्थिक जीवन पनि सन्तुलित नै रहने छ ।
मिथुन
यस राशिका व्यक्तिहरुलाई यस साता धेरै शुभ बन्न सक्ने छैन् । पेशागत जीवनमा बादबिबादबाट अघि बढ्नु पर्ने छ । धन सम्पत्तिमा नोक्सानी व्योहर्नु पर्ने छ । आम्दानीमा गिरावट आउँदा आर्थिक दबाबले परिवारमा तनाव उत्पन्न गर्ने छ । बोलीको पनि प्रभाव घट्ने हुँदा अपजस आउने छ । प्रेममा भने सफलता मिल्ने छ । नयाँ ठाउँको यात्रामा निस्कन मिल्ने छ । चिसोबाट बच्नु पर्ने छ ।
कर्कट
यस राशिका व्यक्तिहरुलाई यस साता औसत खालको रहने छ । विगतमा भएका निर्णयहरुले केही सकारात्मक प्रतिफल दिन थाल्ने छ । पेशागत जीवन जे जस्तो चलिरहेको हो त्यस्तै त्यस्तै चल्ने छ । अर्थात न शुभ वा न अशुभको अवस्था भई औसत रहने छ । परिवारमा मिलन हुने छ । समाजबाट मान सम्मान र कदर समल्ने छ । आर्थिक पक्ष औसत खालको रहने छ । अस्पतालजन्य खर्च भने बढ्ने छ ।
सिंह
यस राशिका व्यक्तिहरुलाई यस साता चुनौतिपूर्ण रहने छ । पेशागत जीवनमा उतार चढाव र आरोप प्रत्यारोप सहनु पर्ने छ । मुद्धा मामिलाजन्य विषय पेचिलो बन्ने छ । मनमा निराशाका क्रमहरु देखा पर्ने छन् । मनोबलमा पनि केही गिरावट आउने भएकाले अरुको हेपाईमा जुध्न तागत कम प्राप्त हुने छ । परिवारमा किचलो हुँदा समाजमा अपमानको अवस्था आउने छ । दाम्पत्य जीवनमा भने साथ मिल्ने छ ।
कन्या
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक दिशामा अघि बढ्नेछ । पेशागत जीवनमा थप जिम्मेबारी प्राप्त हुने र कदर प्राप्त हुने छ । कार्यालयमा अरुले प्रशंसा गर्ने छन् । आम्दानीमा निकै बृद्धि हुने छ । पैतृक सम्पत्तिको परिचालनमा परिवारमा एक मत देखिने हुँदा बिबादबा विषय सल्टिने छ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेर खानु पर्ने पेशाका व्यक्तिहरुलाई लाभ मिल्ने छ । मनमा उत्पन्न हुने दुविधाका कारण निर्णय प्रकृयामा भने ढिलाई हुने छ ।
तुला
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक रहने छ । आँटेका कामहरुमा प्रगति र नतिजा प्राप्त हुने छ । साथै नयाँ नयाँ काम थालनी हुन जाने छ । पेशागत जीवनमा भने स–साना विषयले पनि तनाव र असमझदारीको वातावरण बनाउने भएकाले सहकर्मीहरुसँगको सहकार्यमा संयमित रहनु नै ठिक हुने छ । रिसको मात्रा बढ्ने भएकाले बादबिबादका क्रमहरु देखा पर्न जाने छ । दाम्पत्य जीवनमा मधुरता कायम रहँदा हौसता कायम रहने छ । चिसोबाट बच्ने बारे सतर्क रहनु होला ।
वृश्चिक
यस राशिका व्यक्तिहरुलाई यस साता औसत खालको रहने छ । पेशागत जीवनमा केही लाभ प्राप्त हुने छ । आर्थिक अवस्थामा पनि सहजता आउने छ । बोलीमा नरमपना र शितलता बृद्धि हुँदा अरुको मन जित्न सकिने छ । स्वास्थ्य अवस्थामा भने केही गडबडिहरु देखिने छन् । यात्रामा कठिनाई भोग्नु पर्ने छ । परिवारमा पनि बेमेलको वतावरण बन्ने छ । विश्वास गरेका मानिसहरुले धोका दिने चुनौति रहेकाले सतर्क रही व्यावहार गर्नु होला ।
धनु
यस राशिका व्यक्तिहरुलाई यस साता सामान्य सकारात्मक बन्न जाने छ । आर्थिक व्यवस्थापनमा सहजता आउने छ । सन्तानका गतिबिधिबाट गौरव बढ्ने छ । पेशागत जीवनमा औसत वातावरण रहने छ । व्यक्तित्व चलाख खालको हुँदा हुँदै पनि उपयुक्त समयमा उपयुक्त निर्णय हुन भने कठिनाईको अवस्था रहने छ । अध्ययन र अध्यापनमा रुचि बढ्ने छैन् । प्रतिष्पर्धात्मक क्षमतामा क्षमतामा ह्रास आउँदा मनमा लघुताभाषको क्रम देखिने छ । प्रेममा धोकाको स्थिति रहने छ ।
मकर
यस राशिका व्यक्तिहरुलाई यस साता मध्यम प्रकृतिको रहने छ । पेशागत जीवनमा स्थिरता कायम हुने छ भने आम्दानीमा पनि केही बृद्धि देखा पर्ने छ । यात्रामा सफलता प्राप्त हुने छ । प्रतिष्पर्धात्मक क्षमता हुने छ । जीवनसाथिको सल्लाहमा काम गरेमा जोखिमहरु कम हुन जाने छन् । साथिहरुसँग भने द्वन्दात्मक वातावरण बन्ने जोखिम देखिएकाले सजग रहनु होला । हावा र चिसोबाट जोगिनु होला ।
कुम्भ
यस राशिका व्यक्तिहरुलाई यस साता केही सकारात्मक दिशामा जाने छ । नयाँ नयाँ कामका योजना कार्यान्वयनतर्फ जाने छन् । मनोबल बढ्ने छ । आफन्तको साथ रहँदा चालेका कदमहरुमा साथ मिल्ने छ । आर्थिक रुपमा आम्दानी बढ्ने संकेतहरु स्पष्ट हुने छन् । मित्र मिलन हुने छ । यात्रामा जाने देखिन्छ । पेशागत जीवनमा सोचे अनुसार बृद्धि नभए पनि अशुभ पनि हुने छैन् । मनमा भने दुविधाका क्रम देखा पर्ने छ । बौद्धिक क्षेत्रमा उन्नति र प्रगति हुने छ ।
मीन
यस राशिका व्यक्तिहरुलाई यस साता प्रतिकुल रहने छ । गम्भीरखाले आरोप प्रत्यारोपबाट गुज्रनु पर्ने छ । अड्डा अदालत तथा प्रशासनिक निकायमा मुद्धा मामिला चल्ने छ । समाजले गलत कार्य मानिएका विषयमा सँलग्न हुन मन लाग्ने छ र यसले समस्यामा पार्ने छ । समाजमा आलोचना हुने छ । तर मनोबल भने उच्च रहने भएकाले संँहालिन दृढता आउने छ । परिवारमा बादबिबाद र असमझदारी देखिँदा द्वन्द चर्किने छ । पेशागत जीवन उतार चढावपूर्ण बन्ने छ । जीवनसाथिको साथ कायम रहने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया