तपाईंको साप्ताहिक राशीफल, के छ याे हप्ता ?

आज २०७८ साल कार्तिक महिनाको २४ गते शनिबार । राशिअनुसार यस साता कस्तो रहने छ ? प्रस्तुत छ साप्ताहिक राशिफल ।
मेष
यस राशिका व्यक्तिहरुलाई यस साता औसत प्रकृतिको रहने छ । भाग्यले साथ नदिएका कारण चालिएका कदमहरुमा सफलता कम नै प्राप्त हुने छ । अपजस र अपमान सहनु पर्ने तथा गरेका कामहरुको उचित मुल्यांकन नहुँदा मनमा खिन्नताले सताउने छ । पेशागत जीवनमा भने सन्तुलित अवस्थाकायम रहने छ । सामाजिक रुपमा आलोचना गर्नेहरु बढि देखिने छन् । आफन्तबाटै धोका हुने चुनौति रहेकाले ध्यान दिनु होला । बौद्धिक क्षेत्रमा फित्तलो प्रस्तुति हुने छ ।
वृष
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक रहने छ । आँटेका कुराहरु सकारात्मक रुपमा अघि बढ्ने र सफलता प्राप्त हुने छ । दृढताले भरिएको व्यक्तित्व हुने छ । परिवारको साथले उन्नति प्रगतिमा मद्धत मिल्ने छ । जीवनसाथिले गर्ने मनोवैज्ञानिक साथ र समर्थले आँट र भरोषा प्राप्त हुने छ । पेशागत जीवनमा उन्नति प्रगति हुने भएकाले सन्तोष मिल्ने छ । आर्थिक जीवन पनि सन्तुलित नै रहने छ ।
मिथुन
यस राशिका व्यक्तिहरुलाई यस साता धेरै शुभ बन्न सक्ने छैन् । पेशागत जीवनमा बादबिबादबाट अघि बढ्नु पर्ने छ । धन सम्पत्तिमा नोक्सानी व्योहर्नु पर्ने छ । आम्दानीमा गिरावट आउँदा आर्थिक दबाबले परिवारमा तनाव उत्पन्न गर्ने छ । बोलीको पनि प्रभाव घट्ने हुँदा अपजस आउने छ । प्रेममा भने सफलता मिल्ने छ । नयाँ ठाउँको यात्रामा निस्कन मिल्ने छ । चिसोबाट बच्नु पर्ने छ ।
कर्कट
यस राशिका व्यक्तिहरुलाई यस साता औसत खालको रहने छ । विगतमा भएका निर्णयहरुले केही सकारात्मक प्रतिफल दिन थाल्ने छ । पेशागत जीवन जे जस्तो चलिरहेको हो त्यस्तै त्यस्तै चल्ने छ । अर्थात न शुभ वा न अशुभको अवस्था भई औसत रहने छ । परिवारमा मिलन हुने छ । समाजबाट मान सम्मान र कदर समल्ने छ । आर्थिक पक्ष औसत खालको रहने छ । अस्पतालजन्य खर्च भने बढ्ने छ ।
सिंह
यस राशिका व्यक्तिहरुलाई यस साता चुनौतिपूर्ण रहने छ । पेशागत जीवनमा उतार चढाव र आरोप प्रत्यारोप सहनु पर्ने छ । मुद्धा मामिलाजन्य विषय पेचिलो बन्ने छ । मनमा निराशाका क्रमहरु देखा पर्ने छन् । मनोबलमा पनि केही गिरावट आउने भएकाले अरुको हेपाईमा जुध्न तागत कम प्राप्त हुने छ । परिवारमा किचलो हुँदा समाजमा अपमानको अवस्था आउने छ । दाम्पत्य जीवनमा भने साथ मिल्ने छ ।
कन्या
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक दिशामा अघि बढ्नेछ । पेशागत जीवनमा थप जिम्मेबारी प्राप्त हुने र कदर प्राप्त हुने छ । कार्यालयमा अरुले प्रशंसा गर्ने छन् । आम्दानीमा निकै बृद्धि हुने छ । पैतृक सम्पत्तिको परिचालनमा परिवारमा एक मत देखिने हुँदा बिबादबा विषय सल्टिने छ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेर खानु पर्ने पेशाका व्यक्तिहरुलाई लाभ मिल्ने छ । मनमा उत्पन्न हुने दुविधाका कारण निर्णय प्रकृयामा भने ढिलाई हुने छ ।
तुला
यस राशिका व्यक्तिहरुलाई यस साता सकारात्मक रहने छ । आँटेका कामहरुमा प्रगति र नतिजा प्राप्त हुने छ । साथै नयाँ नयाँ काम थालनी हुन जाने छ । पेशागत जीवनमा भने स–साना विषयले पनि तनाव र असमझदारीको वातावरण बनाउने भएकाले सहकर्मीहरुसँगको सहकार्यमा संयमित रहनु नै ठिक हुने छ । रिसको मात्रा बढ्ने भएकाले बादबिबादका क्रमहरु देखा पर्न जाने छ । दाम्पत्य जीवनमा मधुरता कायम रहँदा हौसता कायम रहने छ । चिसोबाट बच्ने बारे सतर्क रहनु होला ।
वृश्चिक
यस राशिका व्यक्तिहरुलाई यस साता औसत खालको रहने छ । पेशागत जीवनमा केही लाभ प्राप्त हुने छ । आर्थिक अवस्थामा पनि सहजता आउने छ । बोलीमा नरमपना र शितलता बृद्धि हुँदा अरुको मन जित्न सकिने छ । स्वास्थ्य अवस्थामा भने केही गडबडिहरु देखिने छन् । यात्रामा कठिनाई भोग्नु पर्ने छ । परिवारमा पनि बेमेलको वतावरण बन्ने छ । विश्वास गरेका मानिसहरुले धोका दिने चुनौति रहेकाले सतर्क रही व्यावहार गर्नु होला ।
धनु
यस राशिका व्यक्तिहरुलाई यस साता सामान्य सकारात्मक बन्न जाने छ । आर्थिक व्यवस्थापनमा सहजता आउने छ । सन्तानका गतिबिधिबाट गौरव बढ्ने छ । पेशागत जीवनमा औसत वातावरण रहने छ । व्यक्तित्व चलाख खालको हुँदा हुँदै पनि उपयुक्त समयमा उपयुक्त निर्णय हुन भने कठिनाईको अवस्था रहने छ । अध्ययन र अध्यापनमा रुचि बढ्ने छैन् । प्रतिष्पर्धात्मक क्षमतामा क्षमतामा ह्रास आउँदा मनमा लघुताभाषको क्रम देखिने छ । प्रेममा धोकाको स्थिति रहने छ ।
मकर
यस राशिका व्यक्तिहरुलाई यस साता मध्यम प्रकृतिको रहने छ । पेशागत जीवनमा स्थिरता कायम हुने छ भने आम्दानीमा पनि केही बृद्धि देखा पर्ने छ । यात्रामा सफलता प्राप्त हुने छ । प्रतिष्पर्धात्मक क्षमता हुने छ । जीवनसाथिको सल्लाहमा काम गरेमा जोखिमहरु कम हुन जाने छन् । साथिहरुसँग भने द्वन्दात्मक वातावरण बन्ने जोखिम देखिएकाले सजग रहनु होला । हावा र चिसोबाट जोगिनु होला ।
कुम्भ
यस राशिका व्यक्तिहरुलाई यस साता केही सकारात्मक दिशामा जाने छ । नयाँ नयाँ कामका योजना कार्यान्वयनतर्फ जाने छन् । मनोबल बढ्ने छ । आफन्तको साथ रहँदा चालेका कदमहरुमा साथ मिल्ने छ । आर्थिक रुपमा आम्दानी बढ्ने संकेतहरु स्पष्ट हुने छन् । मित्र मिलन हुने छ । यात्रामा जाने देखिन्छ । पेशागत जीवनमा सोचे अनुसार बृद्धि नभए पनि अशुभ पनि हुने छैन् । मनमा भने दुविधाका क्रम देखा पर्ने छ । बौद्धिक क्षेत्रमा उन्नति र प्रगति हुने छ ।
मीन
यस राशिका व्यक्तिहरुलाई यस साता प्रतिकुल रहने छ । गम्भीरखाले आरोप प्रत्यारोपबाट गुज्रनु पर्ने छ । अड्डा अदालत तथा प्रशासनिक निकायमा मुद्धा मामिला चल्ने छ । समाजले गलत कार्य मानिएका विषयमा सँलग्न हुन मन लाग्ने छ र यसले समस्यामा पार्ने छ । समाजमा आलोचना हुने छ । तर मनोबल भने उच्च रहने भएकाले संँहालिन दृढता आउने छ । परिवारमा बादबिबाद र असमझदारी देखिँदा द्वन्द चर्किने छ । पेशागत जीवन उतार चढावपूर्ण बन्ने छ । जीवनसाथिको साथ कायम रहने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)


















वार्षिक कार्ययोजनाबारे समीक्षा
आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया