बिहीबार, चैत २६, २०८२

कोभिड प्रकोप अमेरिकामा सधै रहँदैन : राष्ट्रपति बाइडेन

मेरोन्यूज २०७८ पुष २४ गते १३:२४

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को प्रकोप अमेरिकामा नरहने बताएका छन् । उनले यसको प्रभाव विश्वभर रहने बताए ।

Advertisement
nepal life insurencenepal life insurence

बाइडेनले व्हाइट हाउसको ब्रिफिंगमा उक्त टिप्पणी गरेको द हिलले जनाएको छ । उनले भने, ‘होइन, मलाई लाग्दैन कि कोभिड यहाँ रहिरहन्छ किनकी जसरी हामी यसको सामना गर्दै छौँ त्यसबाट यो यहाँ रहने छैन, हामीसँग विकास गरेका धेरै उपकरणहरू छन्, हामी विकास गर्न जारी राख्छौँ जसमा कोभिड र कोभिडका अन्य प्रकारहरू विपत्ति सामना गर्ने सामर्थ्य रहोस् ।’

बाइडेनको उक्त टिप्पणी संयुक्त राज्य अमेरिका र विश्वभरि अत्यधिक ट्रान्समिसिबल ओमिक्रोन भेरियन्टका कारण कोरोना भाइरसको गम्भीर बृद्धिको बीचमा आएको हो । अमेरिकी सरकारले शुक्रबार ओभर द काउन्टर कोभिड–१९ परीक्षण किटहरू वितरणको लागि ५० मिलियन अमेरिकी डलरभन्दा बढीको ठेक्का प्रदान गरेको छ ।

रक्षा विभागको विज्ञप्तिअनुसार ओमिक्रोन भेरियन्टको प्रतिक्रियामा अमेरिकी जनतालाई पाँच सय मिलियन घर घरमा कोभिड १९ परीक्षणहरू कुनै पनि लागतमा उपलब्ध गराउने बाइडेनको योजनाको एक भागको रूपमा यो सम्झौता जारी गरिएको थियो ।

प्रतिक्रिया