ओमिक्रोन भाइरस बढेसँगै प्रदेश–२ का सीमामा कडाई

काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै प्रदेश–२ का भारतीय सीमानाकामा कडाई गरिएको छ ।
छिमेकी राष्ट्र भारतमा दैनिक हजारौँको संख्यामा संक्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्न सक्ने भन्दै सुरक्षा निकायले सीमामा कडाई गरेका हुन् । प्रत्येक नाकामा हेल्प डेस्क राखेर एन्टिजेनलगायतका प्रविधिबाट कोरोना पहिचान गर्ने र पोजेटिभ देखिए तत्काल स्वास्थ्य चौकीमा पठाइने गरेको सशस्त्र प्रहरी बल प्रदेश–२ का प्रमुख गणेश ठाडा मगरले जानकारी दिए ।
अहिले प्रहरीकै सक्रियतामा स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीको सहजीकरणमा पालिकामा हेल्प डेस्कसमेत सञ्चालन भइइरहेको छ । प्रदेश २ को बाराबाहेकका सबै जिल्लामा भन्सार कार्यालय छन् । करिब चार सय ६४ किलोमिटरमा भारतसँग खुला सीमा जोडिएको छ ।
प्रदेश–२ का कतिपय स्थानीय तहहरूले सुरक्षा निकायसँग सहजीकरण नगर्दा सुरक्षा अवस्था फितलो रहेको सशस्त्र प्रहरी बलको प्रदेश कार्यालयको गुनासो छ । ओमिक्रोन भाइरसको जोखिम बढनुका साथै संक्रमितहरू समेत दैनिक वृद्धि हुनुले नेपाल पनि यसको ‘हटस्पट’ बन्न सक्ने विज्ञहरूको चिन्ता छ । डब्लुएचओले समेत सावधानी अपनाउन चेतावनी दिइरहेको बेला नेपालमा सरकारी तवरबाट रोकथामका लागि खासै योजना निर्माण हुन सकेको छैन ।
सुरक्षा निकायसँग पर्याप्त जनशक्ति भए पनि प्राविधिक कारणले प्रभावकारी परिचालन हुन नसकेको र यसको लागि स्थानीय, प्रदेश र संघीय सरकारले छुट्टै योजना बनाउनु पर्ने सशस्त्र प्रहरी बलका अधिकारीहरूको सुझाव छ ।
अहिले हरेक जिल्लामा प्रहरीले नै मास्क र खोप अभियानलाईसमेत तीव्र बनाइरहेको छ । प्रहरी कै पुरानो अभियानअन्तर्गत मास्क खै ? र खोप लगाउनु भयो ? भन्ने अभियान चलाइरहेका छन् ।
सबैभन्दा धेरै भन्सार कार्यालय र खुल्ला नाका प्रदेश–२ मै छन् । आठ वटा जिल्लामा ३३ वटा भन्सार कार्यालय, चार सय १४ किलोमिटर मुख्य सडक, दुई सय २९ किलोमिटर मोटरबाटो र करिब पाँच सय ५७ ठाउँका गल्लीबाट नेपाल–भारत आवतजावत हुन्छ ।
यति धेरै सम्पर्क स्थानबाट मानिसको सहजै र बाक्लो आवतजावत हुने भए पनि सम्बन्धित निकायबाट बेवास्ता हुनुलाई सर्वसाधारणले संसयपूर्ण ढंगले हेरेका छन् ।
प्रमुख जिल्ला अधिकारीले पनि यी विषयमा खासै योजना बनाउन नसकेको स्थानीयको आरोप छ । यद्यपि, आइतबार बैठक बसेर नयाँ योजना बनाउने सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भनाई छ ।
महोत्तरीस्थित प्रमुख जिल्ला अधिकारी बासुदेव बरालले महोत्तरीसहित प्रदेश २ का जिल्लामा खुला सीमाका कारण सजगता अपनाउनु पर्ने बाध्यता रहेको बताए । आइतबार सबै निकायसँग बैठक बसेर रोकथाम तथा न्यूनीकरणका लागि योजना बनाउने उनले जानकारी दिए ।
प्रदेश–२ अन्तर्गतका जिल्लाका खुला सीमाना तथा भन्सारमा मात्र कडाई गरे कोरोना भाइरसको जोखिमलाई केही हदसम्म न्यूनीकरण गर्न सकिने विज्ञहरूले सुझाव दिँदै आएका छन् ।











चोरी भएका ६० वटा बाइक र स्कुटर सवारीधनीलाई हस्तान्तरण
तीन शीर्ष नेता भेटेपछि सरकारका प्रवक्ताले भने – निर्धारित मितिमै चुनाव हुन्छ, सबै दलले भाग लिन्छन्
फिलिपिन्समा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, २३ घाइते
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले सम्हाले कार्यभार
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया