हिमपातपछि कठ्याङ्ग्रिएर २१ जनाको मृत्यु
मेरोन्यूज
२०७८ पुष २४ गते २१:३०

काठमाडौं । पाकिस्तानको उत्तरी क्षेत्रमा भारी हिमपातपछि कठ्याङ्ग्रिएर कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
पाकिस्तानको पर्यटकीय क्षेत्र मुरी र पञ्जाब प्रान्तमा २० वर्षपछिकै भारी हिमपात भएको अन्तर्राष्टिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
राजधानी इस्लामावादको उत्तरमा रहेको यो क्षेत्रमा थुप्रै पर्यटकहरू अलपत्र परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
हिमपातले अवरुद्ध भएको सडक सेनाले खाली गर्ने प्रयास गरिरहेको छ । भारी हिमपातले पहाडी क्षेत्रका मानिसहरु फसेका छन् ।
इस्लामाबाद–मुरी राष्ट्रिय राजमार्गलाई बन्द गर्दै सो आसपासका जिल्लामा आपतकाल घोषणा गरिएको छ ।
हिमपातका कारण करिब १ हजार सवारी साधन राजमार्गमा फसेका थिए ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया