ओमिक्रोन संक्रमितमा किन एस जिन नेगेटिभ आउँछ ?
जिन सिक्वेन्सिङ कसरी गरिन्छ ?

काठमाडौँ । नेपालमा हालसम्म २७ जनामा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले संकलित सबै नमुनाको जिन सिक्वेन्सिङ नगरिने जानकारी दिए । उनले नेपालमा हालसम्म पत्ता लागेका ओमिक्रोन भेरियन्ट पनि जिन सिक्वेन्सिङबाटै पुष्टि भएको समेत जानकारी दिए ।
गुप्ताका अनुसार पीसीआर परीक्षणका क्रममा एस जिन नेगेटिभ आएका नमूनाको मात्र जिन सिक्वेन्सिङ गरिन्छ । जिन सिक्वेन्सिङमा चार वटा जिन परीक्षण गर्ने गरिएको छ । जसमा एस जिन, आरडीआरपी जिन, ओआरएफ जिन र एन जिन हुन् ।
‘जिन सिक्वेन्सिङबाट कोरोनाको नयाँ भेरियन्ट पत्ता लगाइन्छ,’ उनले भने, ‘भाइरसको जेनेटिक (आणुवांशिक) बनावटलाई गर्ने परीक्षण नै जिन सिक्वेन्सिङ हो ।’
उनका अनुसार देशभरबाट संकलन हुने पोजेटिभ नमुनाको जिन सिक्वेन्सिङ पहिलो चरणमा पीसीआर परीक्षण र दोस्रो पीसीआरमा कोरोना पोजेटिभ र एस जिन नेगेटिभ आएको भएमा मात्र गरिने हो । एकै पटक ९७ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्न सकिनेसमेत गुप्ताको भनाई छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले ओमिक्रोन भेरियन्ट म्युटेसन भएकाले यसमा एस जिन नेगेटिभ आउने बताए ।
एस जिन भनेको के हो ?
एस जिन भन्नाले भाइरसको बाहिरी सतहलाई जनाउँछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी गुप्ताले कोरोना पोजेटिभ देखिए पनि एस जिन नेगेटिभ देखिएमा त्यो ओमिक्रोन हो ।
एन जिन पोजेटिभ देखिएका नमुना जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउँदैन । जिन सिक्वेन्सिङमा एस जिनमा कहाँ म्युटेसन भएको छ, भनेर हेरिन्छ । भाइरसमा हुने यही म्युटेसनका कारण नै डेल्टा, अल्फा जस्ता भेरियन्ट देखिएको प्रयोगशालाका सूचना अधिकारी गुप्ताले बताए ।
पाँच अस्पतालमा एस जिन पत्ता लगाउने मेसिन
कोरोनाको नयाँ भाइरस ओमिक्रोन हो कि हैन भनेर एस जिन पत्ता लगाउने रिएजेन्ट पठाएको उनले जानकारी दिए । उनका अनुसार नेपालमा एस जिन सिक्वेन्सिङ वीर अस्पताल, पाटन अस्पताल, धुलिखेल अस्पताल, त्रिवि शिक्षण अस्पताल र प्रदेश २ को प्रदेश जनस्वास्थ्य प्रयोगशाला एन जिनको स्कृनिङ गर्ने छन् ।
उनले भने, ‘यी प्रयोगशाला एस जिन नेगेटिभ वा पोजेटिभ पत्ता लगाउन स्कृनिङ मात्र गर्ने जिन स्विकनिसिङ गर्न मिल्दैन् ।’ उनका अनुसार पाँचमा एन जिन पत्ता लगाउने प्रावधान रहेका छन् । सबैमा एस जिनको सबै मेसिनले पत्ता लगाउन सक्दैन् ।















मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया