सबै पालिकामा आइसोलेशन वार्ड बनाउन पत्राचार
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकार लागिपरेको बताएका छन् । आज कञ्चनपुरको गड्डाचौकीमा रहेको अस्थायी होल्डिङ सेन्टर र कोरोना परीक्षण स्थलको अनुगमन गर्दै मन्त्री खड्काले सुदूरपश्चिमका ८८ वटै पालिकामा २५ शय्याको आइसोलेशन वार्ड बनाउन पत्राचार गरिएको बताए ।
“प्रदेशले प्रशासनमार्फत स्थानीय पालिकामा आइसोलेशन बनाउन पत्राचार गरिसकेको छ,” उनले भने, “नाकामा परीक्षण व्यस्थित ढङ्गले भइरहेको छ ।”
उनले गम्भीर खालका सङ्क्रमितलाई सेती र महाकाली प्रादेशिक अस्पतालमा रहेको कोरोना अस्पतालमा राखेर उपचारको प्रबन्ध मिलाइएको बताए । “ सङ्क्रमित र सामान्य लक्षण भएकालाई होल्डिङ सेन्टरमा राखिनेछ,” उनले भने, “भारत आवतजावत गर्न यो नाका सहज भएकाले देशभरिका नागरिकले प्रयोग गर्दा स्वाभाविक रुपले जोखिम र सङ्क्रमण बढी देखिएको हो ।”
मन्त्रीसहितको टोलीले यहाँको भगतपुरमा निर्माण भइरहेको होल्डिङ सेन्टर र महाकाली प्रादेशिक अस्पतालको समेत स्थलगत अनुगमन गरेको छ । होल्डिङ सेन्टर निर्माणको जिम्मेवारी पाएको हनुमान कन्सट्रक्सनका प्रतिनिधि लक्ष्मण सापकोटाले होल्डिङ सेन्टरको ९० प्रतिशत काम सकिएको दाबी गरेका थिए ।
एक हजार शय्याको होल्डिङ सेन्टरमा तीन सय शय्या तयारी अवस्थामा राखिसकिएको उनले बताए । यद्यपि, होल्डिङ सेन्टर कसले सञ्चालनमा ल्याउने भन्ने विषय टुङ्गो लागिसकेको छैन । होल्डिङ सेन्टरमा सडक ग्राभेल, बिजुलीलगायत संरचना निर्माणका लागि ध्यान नपुगेको सापकोटाको भनाइ छ ।
पछिल्लो साता गड्डाचौकी नाकाबाट स्वदेश फर्किनेहरुमा कोरोना सङ्क्रमण बढ्न थालेसँगै सङ्क्रमण समुदायस्तरमा फैलिने जोखिम बढेको छ । आइतबार मात्रै यहाँ दुई भारतीयसहित १६ जनामा नाकामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया