सबै पालिकामा आइसोलेशन वार्ड बनाउन पत्राचार
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकार लागिपरेको बताएका छन् । आज कञ्चनपुरको गड्डाचौकीमा रहेको अस्थायी होल्डिङ सेन्टर र कोरोना परीक्षण स्थलको अनुगमन गर्दै मन्त्री खड्काले सुदूरपश्चिमका ८८ वटै पालिकामा २५ शय्याको आइसोलेशन वार्ड बनाउन पत्राचार गरिएको बताए ।
“प्रदेशले प्रशासनमार्फत स्थानीय पालिकामा आइसोलेशन बनाउन पत्राचार गरिसकेको छ,” उनले भने, “नाकामा परीक्षण व्यस्थित ढङ्गले भइरहेको छ ।”
उनले गम्भीर खालका सङ्क्रमितलाई सेती र महाकाली प्रादेशिक अस्पतालमा रहेको कोरोना अस्पतालमा राखेर उपचारको प्रबन्ध मिलाइएको बताए । “ सङ्क्रमित र सामान्य लक्षण भएकालाई होल्डिङ सेन्टरमा राखिनेछ,” उनले भने, “भारत आवतजावत गर्न यो नाका सहज भएकाले देशभरिका नागरिकले प्रयोग गर्दा स्वाभाविक रुपले जोखिम र सङ्क्रमण बढी देखिएको हो ।”
मन्त्रीसहितको टोलीले यहाँको भगतपुरमा निर्माण भइरहेको होल्डिङ सेन्टर र महाकाली प्रादेशिक अस्पतालको समेत स्थलगत अनुगमन गरेको छ । होल्डिङ सेन्टर निर्माणको जिम्मेवारी पाएको हनुमान कन्सट्रक्सनका प्रतिनिधि लक्ष्मण सापकोटाले होल्डिङ सेन्टरको ९० प्रतिशत काम सकिएको दाबी गरेका थिए ।
एक हजार शय्याको होल्डिङ सेन्टरमा तीन सय शय्या तयारी अवस्थामा राखिसकिएको उनले बताए । यद्यपि, होल्डिङ सेन्टर कसले सञ्चालनमा ल्याउने भन्ने विषय टुङ्गो लागिसकेको छैन । होल्डिङ सेन्टरमा सडक ग्राभेल, बिजुलीलगायत संरचना निर्माणका लागि ध्यान नपुगेको सापकोटाको भनाइ छ ।
पछिल्लो साता गड्डाचौकी नाकाबाट स्वदेश फर्किनेहरुमा कोरोना सङ्क्रमण बढ्न थालेसँगै सङ्क्रमण समुदायस्तरमा फैलिने जोखिम बढेको छ । आइतबार मात्रै यहाँ दुई भारतीयसहित १६ जनामा नाकामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।











आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया