प्रधानमन्त्री कप टी-२० क्रिकेट : १० खेलाडीमा सीमित आर्मीले कर्णालीलाई हरायाे

काठमाडौं । कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै आर्मीले प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ । दस खेलाडीमा खेलेको आर्मीले कर्णालीलाइ १४.४ ओभरमा ५३ रनमा समेट्यो ।
आर्मीका खेलाडी सोनु तामाङ अयोग्य भएपछि मैदान आएनन् । म्याच रेफ्री समिर खानले आर्मीले उनलाई मैदानमा नउतार्नुकाे कारणबारे कुनै जानकारी नदिएको बताए । त्यसकारण वैकल्पिक खेलाडीलाई मैदानमा प्रवेश गर्न रोक लगाइएको थियो ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको कर्णालीलाई आर्मीले ११७ रनको लक्ष्य दिएको थियो । विजयीलक्ष्य पछ्याएको कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक १६ रन र कप्तान रवीन्द्र शाहीले १५ रनबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
आर्मीको बलिङमा जितेन्द्र मुखियाले सर्वाधिक चार विकेट लिए । सुशन भारीले र साहव आलमले दुई-दुई विकेट तथा सोमपाल कामी र विक्रम साेवले समान एक विकेट लिए ।
यसअघि, टस हारर ब्याटिङको निम्तो पाएको आर्मीले १९.१ ओभरमा सबै विकेट गुमाएर ११६ रनको योगफल तयार गरेको थियो । अन्तिम ओभरमा नाै विकेट गुमाएको आर्मीका सानु तामाङ रिटायर हर्ट भएका थिए । आर्मीका लागि ओपनर कामी नाै र हरि चौहान २१ बलमा तीन चौकासहित २० रन बनाएर पेभिलियन फर्किएका थिए ।
यस्तै, कप्तान विनोद भण्डारिले १७ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक २९ रन बनाए । रोहित पौडेल र कुशल मल्लले समान १० रनबाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।
कर्णालीको बलिङमा प्रकाश जैसीले सर्वाधिक तीन विकेट लिए । अनुज चुनरा दुई तथा दिनेश अधिकारि, रवीन्द्र शाही र राज शाहले समान एक विकेट लिए ।









चितवनमाथि काठमाडाैंको सहज जित
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी
साताको शेयर बजार : कारोबार भएको पाँचै दिन बढ्यो नेप्से
काठमाडौँले चितवनलाई दियाे १४३ रनको लक्ष्य
नबिल बैंक र नेपाल इन बिजनेसबीच एसएमई कर्जा प्रदानबारे सम्झौता
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया