प्रधानमन्त्री कप टी-२० क्रिकेट : १० खेलाडीमा सीमित आर्मीले कर्णालीलाई हरायाे

काठमाडौं । कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै आर्मीले प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ । दस खेलाडीमा खेलेको आर्मीले कर्णालीलाइ १४.४ ओभरमा ५३ रनमा समेट्यो ।
आर्मीका खेलाडी सोनु तामाङ अयोग्य भएपछि मैदान आएनन् । म्याच रेफ्री समिर खानले आर्मीले उनलाई मैदानमा नउतार्नुकाे कारणबारे कुनै जानकारी नदिएको बताए । त्यसकारण वैकल्पिक खेलाडीलाई मैदानमा प्रवेश गर्न रोक लगाइएको थियो ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको कर्णालीलाई आर्मीले ११७ रनको लक्ष्य दिएको थियो । विजयीलक्ष्य पछ्याएको कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक १६ रन र कप्तान रवीन्द्र शाहीले १५ रनबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
आर्मीको बलिङमा जितेन्द्र मुखियाले सर्वाधिक चार विकेट लिए । सुशन भारीले र साहव आलमले दुई-दुई विकेट तथा सोमपाल कामी र विक्रम साेवले समान एक विकेट लिए ।
यसअघि, टस हारर ब्याटिङको निम्तो पाएको आर्मीले १९.१ ओभरमा सबै विकेट गुमाएर ११६ रनको योगफल तयार गरेको थियो । अन्तिम ओभरमा नाै विकेट गुमाएको आर्मीका सानु तामाङ रिटायर हर्ट भएका थिए । आर्मीका लागि ओपनर कामी नाै र हरि चौहान २१ बलमा तीन चौकासहित २० रन बनाएर पेभिलियन फर्किएका थिए ।
यस्तै, कप्तान विनोद भण्डारिले १७ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक २९ रन बनाए । रोहित पौडेल र कुशल मल्लले समान १० रनबाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।
कर्णालीको बलिङमा प्रकाश जैसीले सर्वाधिक तीन विकेट लिए । अनुज चुनरा दुई तथा दिनेश अधिकारि, रवीन्द्र शाही र राज शाहले समान एक विकेट लिए ।

















गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया