उदयपुरमा मेडिकल कलेजको माग गर्दै डेलिकेसन

उदयपुर । गाईघाटमा मेडिकल कलेज स्थापनाको माग गर्दै जनप्रतिनिधिको टोली डेलिकेसनमा गएको छ ।
तीन वर्षअघि विज्ञसहितको स्वास्थ्य मन्त्रालयको टोलीले उदयपुरमा मेडिकल कलेज खोल्न सम्भाव्यता अध्ययन गरेको थियो । त्यसैबेला कलेजका लागि स्थलगत अध्ययन समेत भएको थियो ।
नगर प्रमुख चौधरी नेतृत्वको डेलिगेसन टोलीले शनिबार उदयपुर १ का सांसद एव परराष्ट्रमन्त्री डा.नारायण खड्का र विभिन्न मन्त्रालयका सरोकारवालासँग भेट गरेको छ । नगर प्रमुख चौधरीले शनिबार नै डा। खड्का निवासमा सर्वपक्षीय सहभागितामा बैठक बसी गाईघाटमा मेडिकल कलेज खोल्न आवश्यक जग्गा व्यवस्थापनदेखि बजेट माग गर्नेसम्मको विषयमा छलफल गरेको मन्त्री खड्काको सचिवालयले जानकारी दिए ।
यस्तै मन्त्री खड्कासँग त्रियुगा र चौदण्डीगढी नगरपालिकामा मुख्य समस्याको रुपमा रहेको ऐलानी र अव्यवस्थित भूमि व्यवस्थापन गर्ने गरी कामअघि बढाउने सम्झौता समेत भएको नगर प्रमुख चौधरीले बताए ।
त्यसका लागि मन्त्रालयबाट आवश्यक बजेट माग गर्ने र बाँकी नगरपालिकाले बेहोर्ने सम्झौता भएको छ । नगरपालिकाका विभिन्न वडामा आवश्यक पुल, सडक, खानेपानी र विद्युतीकरणलगायत विषयमा छलफल गरी योजना निर्माण र सञ्चालनका लागि बजेट माग गर्ने निर्णय भएको छ । यसै वर्ष मेडिकल कलेज निर्माणका लागि जग्गा टुंगो लगाउँदै संघीय सरकारमार्फत आवश्यक बजेट माग गर्ने निर्णय पनि भएको जनाइएको छ ।










आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया