कोरोना संक्रमणको दर हेरी ‘लक डाउन’ गर्न सकिने
काठमाडौँ । पछिल्लो समय देशभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेसँगै सार्वजनिक स्थलमा राजनीतिक, प्रशासनिक तथा सामाजिक कार्यक्रम नगर्न गृह मन्त्रालयले अनुरोध गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सरकारले आजदेखि लागु हुने गरी सार्वजनिक स्थलमा भेला हुन प्रतिबन्ध गरेको हो ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा बढीमा २५ जनाभन्दा बढी भेला हुन नपाउने जनाएको छ । यस्तै, जिल्ला तथा स्थानीय तहले आफ्नो सीमा क्षेत्रको निगरानी गरी सुरक्षामा कडाई गर्न पाउने (लक डाउन) व्यवस्थासमेत गरेको छ ।
यस्तै, सार्वजनिक स्थानहरू होटल, रेष्टुरेण्ट, सिनेमा हललगायत क्षेत्रहरूमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्ध लगाएको खोप कार्ड देखाउनु पर्ने भएको छ । यदि, कसैसँग खोप कार्ड नभएको अवस्थामा मोबाइलबाट फोटोसमेत देखाउन सक्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।













निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
कांग्रेस केन्द्रीय समितिको म्याद थपियो
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया