कोरोना संक्रमणको दर हेरी ‘लक डाउन’ गर्न सकिने
काठमाडौँ । पछिल्लो समय देशभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेसँगै सार्वजनिक स्थलमा राजनीतिक, प्रशासनिक तथा सामाजिक कार्यक्रम नगर्न गृह मन्त्रालयले अनुरोध गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सरकारले आजदेखि लागु हुने गरी सार्वजनिक स्थलमा भेला हुन प्रतिबन्ध गरेको हो ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा बढीमा २५ जनाभन्दा बढी भेला हुन नपाउने जनाएको छ । यस्तै, जिल्ला तथा स्थानीय तहले आफ्नो सीमा क्षेत्रको निगरानी गरी सुरक्षामा कडाई गर्न पाउने (लक डाउन) व्यवस्थासमेत गरेको छ ।
यस्तै, सार्वजनिक स्थानहरू होटल, रेष्टुरेण्ट, सिनेमा हललगायत क्षेत्रहरूमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्ध लगाएको खोप कार्ड देखाउनु पर्ने भएको छ । यदि, कसैसँग खोप कार्ड नभएको अवस्थामा मोबाइलबाट फोटोसमेत देखाउन सक्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।















भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु
काठमाडौँमा दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
नयाँ FZ FI New Gen सार्वजनिकसँगै यामाहा ब्लू फेस्टमा मनाइयो इनोभेसनको उत्सव
खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया