वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन दबाब

काठमाडौँ । प्रदेश २ को स्थायी राजधानी देशकै आर्थिक नगरीका रूपमा स्थापित वीरगञ्जलाई बनाउन दबाब सिर्जना गर्न थालिएको छ । वीरगञ्जलाई प्रादेशिक स्थायी राजधानी बनाउन दबाब दिन ज्ञापनपत्र बझाउनेदेखि मुख्यमन्त्रीको निवासमा धर्ना बस्नेसम्मको कार्यक्रम सार्वजनिक गरिएको हो ।
वीरगञ्ज राजधानीको पक्षमा आवाज उठाउँदै आएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेशमान सिंहको समूहले पुस २८ गते बुधबार प्रदेश २ लोसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई ज्ञापनपत्र बुझाउँदै छन् भने ३० गते शुक्रबार प्रदेशका मुख्यमन्त्रीको वीरगञ्ज निवास अगाडि शान्तिपूर्ण धर्ना एवं प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।
समग्रमा देशकै प्रमुख आर्थिक नगरीका रूपमा परिचित वीरगञ्जलाई नै प्रदेशको स्थायी राजधानी बनाउनु पर्ने भन्दै पर्साबाट निर्वाचित प्रदेशसभा सदस्य प्रल्हाद गिरी, लोसपा नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी, उमेश सहनी, सुजित गिरीलगायतको माग छ । वीरगञ्जलाई नै स्थायी राजधानी बनाउन खोजेको भन्दै वीरगञ्जवासीले दबाब सिर्जना गरेका छन् ।
मधेस आन्दोलनलाई सार्थक बनाउन वीरगञ्जले खेलेको भूमिका र सहिदको बलिदानीको मूल्यांकन गरेर वीरगञ्जलाई प्रदेश २ को राजधानी कायम गर्नु पर्ने माग वीरगञ्जवासीको छ ।
















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया