एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी विजयी
मेरोन्यूज
२०७८ पुष २७ गते १७:१०

धनगढी । नेकपा एमाले दार्चुल्ला जिल्ला अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन् । ५८८ मत ल्याएर धामी अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्वन्द्वी ज्ञानेन्द्र घर्ती ९२ मत ल्याएर पराजित भएका हुन् ।
यसैगरी एमाले दार्चुलाको सचिवमा ४२२ मत ल्याएर शेरसिंह धामी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी गंगादत्त जोशी २१२ मत ल्याएर पराजित भएका हुन् ।
एमाले दार्चुलाको सहसचिवमा खडक बडाल र चन्द्रादेवी कुँवर विजयी भएका छन् । सहसचिवमै उम्मेदवारी दिएका उमेश जोशी, दानीराम पार्की र धनबहादुर कुँवर पराजित भएका छन् ।
एमाले दार्चुला अधिवेशनका लागि छनौट भएका ७७६ प्रतिनिधि मध्ये ७०७ जनाले मतदान गरेका थिए । अध्यक्षमा विजयी भएका धामी दार्चुलाको नौगाढ गाउँपालिकाका अध्यक्ष हुन् ।
सम्बन्धित
















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया