भारत–चीन सीमा विवादबारे अमेरिकी प्रतिक्रिया ः छिमेकीलाई ‘धम्की दिने’ बेइजिङको प्रयास

काठमाडौं । भारत–चीन सीमा विवाद जारी रहँदा अमेरिकाले छिमेकी देशलाई धम्की दिने’ बेइजिङको प्रयास चिन्ता बढाउने खालको रहेको प्रतिक्रिया दिएको छ । अमेरिकाले आफू साझेदार देशसँग उभिने बताएको बीबीसीले उल्लेख गरेको छ ।
भारत र चीनबीच पूर्वी लद्दाख क्षेत्रमा करिब तीन वर्षयता तनावको स्थिति बनेको छ । समस्या समाधानका लागि दुबै देशबीच सैन्य स्तरमा कयौंपटक छलफल भएको छ तर अहिलेसम्म समस्या समाधान हुन सकेको छैन ।
अमेरिकाको ताजा धारणा यस्तो बेलामा आएको छ जतिबेला भारत र चीनबीचको सैन्य स्तरको छलफलको १४ औं शृंखला सुरु हुन लागेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार कोर कमाण्डर स्तरको यो छलफल बुधबार हुन सक्ने सम्भावना छ ।
भारत र चीनबीच हुन लागेको छलफल अघि अमेरिकामा ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले यस घटनालाई हेरिरहेको बताएकी हुन् । उनले भनिन्, ’हामी सीमा विवाद कुराकानी र शान्तिपूर्ण रुपमा समाधानको समर्थन गर्छौं।’
उनले भनिन्, ’यसले अस्थिरता पैदा गर्न सक्छ । हामी चीनले छिमेकीमाथि धम्की दिने प्रयासलाई लिएर चिन्तित छौं । यस प्रकरणमा हामी आफ्ना साझेदारसँग खडा रहने छौं ।’
















कर्णाली प्रदेशका आयुर्वेदिक जडिबुटीको भण्डारण र नेपालको मौलिक उपचारमा यसको महत्त्व
NC decides to nominate Aangdembe as its Parliamentary Leader
मुस्ताङमा यार्सा सङ्कलन सुरु
युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय
मन्त्रिपरिषद् बैठक जारी
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया