आइतबार, पुष ६, २०८२

बतास समूहविरूद्ध काल्पनिक समाचार आए (विज्ञप्तिसहित)

मेरोन्यूज २०७८ पुष २८ गते १२:२७

काठमाडौँ । नारायणहिटी दरबार संग्रहालयमा क्याफे बनाउन लागेको भन्दै विवादमा आएको बतास अर्गनाइजेशनले सञ्चार माध्यममा आएको समाचारप्रति खण्डन गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै बतास समूहविरुद्ध मनोगत, भ्रामक र कपोकल्पित शैलीमा समाचार प्रकाशित भएको बताएको हो ।

बतास अर्गनाइजेशनका अध्यक्ष आनन्द राज बतासले हस्ताक्षर गरेको विज्ञप्तिमा नारायणहिटी दरबार संग्रहालय क्याफे, नेपाल भारत मैत्री पशुपति धर्मशाला, पाटन दरबार क्षेत्र, मानहुँकोट, गण्डकी कृषि सामाग्री केन्द्र, सेती नदी अन्तर्गत रामघाट र मोरे खहरे क्षेत्रमा ड्याम निर्माण, अक्सिजन प्लान्टलगायत आफ्नो कम्पनीहरूको स्थापनाबारे स्पष्टिकरण दिइएको छ ।

यस्तै, बतास समूहका अध्यक्ष आनन्दराजले दलका शीर्ष नेता तथा उच्च पदका कर्मचारीको सम्बन्धबारे समेत स्पष्ट पारेका छन् ।

प्रतिक्रिया