जोकोभिचले आइसोलेसन नियम उल्लघंन गरेको स्वीकारे

काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले आइसोलेसन नियम उल्लघंन गरेको स्वीकार गरेका छन् ।
सामाजिक संजाल इन्स्टाग्राममार्फत टेनिस स्टार जोकोभिचले पछिल्लो महिना कोभिड संक्रमित हुँदा आफूले आइसोलेसनको नियम उल्लंघन गरेको स्वीकार गरेका हुन् ।
उनी १६ डिसेम्बरमा कोभिड–१९ बाट संक्रमित भएका थिए । यस्तै, उनले कोभिड फारमसमेत गल्ती भरेको र अष्ट्रेलियामा पत्रकारलाई अन्तर्वार्ता दिएको बताएका छन् । उनले भनेका छन्, ‘म स्विकार गर्छु गलत जानकारी भरेको हो ।’
गत ६ जनवरीमा ग्रान्डस्लाम खेल्न अष्ट्रेलिया पुगेका ३४ वर्षीय जोकोभिचको स्थानीय सरकारले भिसा रद्द गरेको थियो । तर, सोमबार अदालतले सरकारको निर्णय खारेज गरेसँगै वर्षको पहिलो ग्रान्डस्लाम ओपन खेल्ने सम्भावना बलियो बनेको थियो ।
यी खेलाडीले हालसम्म आफूले कोरोनाविरुद्धको खोप लगाएको वा नलगाएको ठोस प्रमाणसमेत देखाएका छैनन् । जसका कारण यस विषयले अहिले ठूलो रुप लिएको छ र जोकोभिचले ग्रान्डस्लाम खेल्नेमा पनि द्विविधा बढाएको छ ।








तरकारी खेतीबाट वार्षिक १० लाख बचत
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
एनपिएलः आज दुई खेल हुँदै
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया