स्थानीय तहको निर्वाचन तोक्न सर्वदलीय बैठक आह्वान
मेरोन्यूज
२०७८ पुष २८ गते १६:२३

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन तोक्नका लागि सर्वदलीय बैठक आह्वान गरेको छ ।
शुक्रबारको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न १६ दललाई बोलाइएको छ ।
शुक्रबार दलहरूसँग परामर्श गर्न बैठक आह्वान गरेको आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले जानकारी दिए ।
आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन, हाल जारी रहेको मतदाता नामावली संकलन र स्थानीय तहकोनिर्वाचनबारेमा छलफल गर्न खोजेको हो ।
आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र वैशाख २२ गते स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए ।
२०७४ को स्थानीय चुनावबाट निर्वाजित जनप्रतिनिधिहरुको कार्यकाल आगामी जेठमा सकिदैछ ।
सम्बन्धित
















‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’:राष्ट्रपति पौडेल
लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा
अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया